Comments Add Comment

कमल थापाले नै पार्टी फुटाउन खोजेको लावती बाबुछोराको आरोप

१० मंसिर, काठमाडौं । कारबाहीमा परेका पद्मसुन्दर र उनका छोरा सगुन लावतीले राप्रपा नेपालका अध्यक्ष कमल थापा नै पार्टी फुटाउन तल्लिन रहेको आरोप लगाएका छन् ।

Padmasundar & kamal Thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल मात्रै सुदृढीकरण अभियान चलाएका लावती बाबु छोरालाई हालै मात्र साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका थिए । यसअघि लावतीले भेला गरेर पार्टी अध्यक्ष थापालाई सच्चिन २१ दिनको अल्टिमेटम दिएको थियो ।

अभियानका संयोजक पद्मसुन्दर र सदस्य सगुनले बुधबार विज्ञप्ति जारी भनेका छन्-‘राप्रपा नेपाल बिभाजन नहोस् र पार्टी एकता मजबुत होस् भन्ने हामी चाहन्छौं । तर, अध्यक्षको हैकम र मनपरीबाट थापा स्वयम पार्टी फुटाउन तल्लिन छन् भन्ने स्पष्ट हुन्छ ।’

थापाले फरक मत निमिट्यान्न पारेर पार्टीलाई झन् एकलौटी गर्ने, प्राइभेट कम्पनी बनाउन खोजेको लावती बाबु छोराको आरोप छ ।

पद्मसुन्दर र उनका छोरा सगुन लावतीले पार्टी सुदृढीकरण सम्बन्धम १५९ जनाको केन्ऽीय कार्य समितिमा छलफल गर्न गराउन समेत कमल थापालाई चुनौति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment