Comments Add Comment

सार्क सम्मेलनमा के सुझाव दिए पर्यवेक्षकले ?

SAARC SUMMIT 2014१० मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनमा सहभागी पर्यवेक्षकहरुले सार्कको विकासका लागि सामूहिकरुपमा लाग्न सबै सार्क सदस्य राष्ट्रलाई सुझाव दिएका छन् ।

काठमाडौंमा सुरु भएको सो शिखर सम्मेलनमा पर्यवेक्षक राष्ट्रका रुपमा सम्बोधन गर्दै प्रतिनिधिहरुले हाल सार्क क्षेत्रमा विद्यमान आतंकवाद, गरिबीलगायतका समस्याको समाधानका लागि पनि सबैलाई सुझाव दिएका हुन् ।

अष्ट्रेलियाका ब्रेट म्यासनले दक्षिण एसिया धेरै सम्भावनाको खानी भएकाले यसलाई अर्थपूर्ण रुपमा उपयोगमा ल्याउन सबै राष्ट्रको सामूहिक प्रयासको खाँचो औंल्याए ।

त्यसैगरी चीनको पर्यवेक्षण समूहका प्रमुख लिउ जेनमिनले दक्षिण एसिया शान्ति मञ्चका माध्यमबाट सार्क क्षेत्रमा शान्ति स्थापना र अन्य आर्थिक साझेदारीका कामहरु गर्न चाहेको बताए

इरानका अब्बास अखाउन्डीले दक्षिण एसिया निकै ठूलो युवा जनशक्ति भएको क्षेत्र भएकाले यो जनशक्तिको विकास गर्दै दक्षिण एसियाको सम्भावनालाई मध्य र पश्चिम एसियामा पनि जोड्न आग्रह गरे ।

जापानको पर्यवेक्षण समूहका प्रमुख एवम् नेपालका लागि नेपाली राजदूत मासासी ओगावाले सार्क क्षेत्रमा ऊर्जा उत्पादन र विस्तारको सम्भावना धेरै भएको भन्र्द त्यसको सदुपयोगका लागि आग्रह गरे ।

त्यस्तै दक्षिण कोरियाका क्याङ सु लिले दक्षिण एसियाली क्षेत्र दक्षिण कोरियाको एक प्रमुख व्यापारिक साझेदार हो भन्दै आगामी दिनमा पनि लगानीमा निरन्तरता दिइने बताए ।

त्यस्तै म्यान्मारका प्रतिनिधि यु तिन उ लिविनले सार्क संगठनमार्फत दक्षिण एसियाली राष्ट्र शान्ति र समृद्धिका लागि सामूहिक एकताका साथ अघि बढ्नुपर्ने बताए ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाका निसा देसाई विश्वालले अतिवाद र आतंकवादको नियन्त्रणका लागि थप ऐक्यबद्धता आवश्यक रहेको बताइन् ।

युरोपेली संघका तर्फबाट आˆनो धारणा राख्दै रेन्जे तेरिन्कले पूर्वाधारको विकाससँगै आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिन सडक यातायातको विकास र अन्तरदेशीय रुपमा भन्सार सुविधालाई थप सहज बनाउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment