Comments Add Comment

घानीले दिए बाबुरामलाई अफगानिस्तान भ्रमणको निम्तो

Baburam-with-Afganistan-Prez-Ashraf-Ghani

१० मंसिर, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र एमाओवादीका वरिष्ठ नेता एवं संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सोल्टी क्राउन प्लाजामा भएको भेटवार्तामा आर्थिक विकास र राजनीतिक संक्रमणका विषयमा कुराकानी भएको छ । ‘अफगानिस्तान पनि अशान्तिबाट संक्रमणको प्रक्रियामा गुजि्रराखेको छ र नेपाल पनि द्वन्द्वोत्तरकालबाट गुजि्ररहेको छ । दुईटै देशका समस्या समान भएको हुनाले हामीले अलि खुल्ला हृदयले नै विचारको आदानप्रदान गर्‍यौं’, भट्टराईले भने ।

घानीले भट्टराईलाई अफगानिस्तान भ्रमणको निम्तो दिएका छन् । ‘उहाँले पाहुनाको रुपमा अफगानिस्तान आएर विचारको आदानप्रदान गर्न पनि आग्रह गर्नुभयो र मैले अनुकुल समयमा संविधान बनिसकेपछि आउँछु भनेको छु’ भट्टराईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment