Comments Add Comment

बेलायतको जनसम्पर्क समितिको विवाद मिलाउन समिति गठन

वेलायत । दुई धारमा विवादित भएको नेपाली कांग्रेसको वेलायतस्थित जनसम्पर्क समितिलाई एक गराउन मध्यमार्गी धारका नेताहरुले कार्य थालेका छन् ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादमामा विश्वास गर्ने वेलायतमा बस्दै आएका नेपाली नागरिकमा यस्तो विवादले सकारात्मक सन्देश नदिएको भन्दै मध्यमार्गीहरुले एकराज नेम्बाङको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेका छन् । एक विज्ञप्ति जारी गर्दै वार्ता समिति तयार पारिएको जनाइएको छ ।

फुटपरस्त र गैरजिम्मेवारपूर्ण हर्कतले देश भित्र र वाहिर राम्रो सन्देश नगएकोले वार्ता सुरु गरिने संयोजक नेम्बाङले जानकारी दिए । नेपाली कांग्रेसमा आस्थावान तथा क्रियाशील कार्यकर्ताहरुबीच बृहत छलफल गरी विधि, पद्धति र सर्वमान्य प्रक्रियाबाट एकताको अधिवेशन आवश्यक रहेकाले १२ सदस्यीय वार्ता समिति तयार पारिएको छ ।

वार्ता समितिमा ललिलपुरका पूर्व नेविसंघ सभापति मनोज डंगोल, पूर्व महासमिति सदस्य नरकुमारी लिम्बु, पाँचथर क्षेत्र नम्बर २ का पूर्व सभापति एमपी चेम्जोङ, साउथ इष्ट लण्डनका उपसभापति सुरज केसी, केन्टका वरिष्ठ उपसभापति सुवास राई रहेका छन् ।

त्यसैगरी केन्टकै उपसभापति रनवीर योङहाङ, साउथ इष्ट लण्डनका सचिब राज कटुवाल, केन्टका सल्लाहकार मनकुमार राई साथै धनकुमार गुरुङ, विरेन्द्र खड्का र केन्दि्रय सदस्य कमल पुर्जामगर रहेका छन् ।

लोक गुरुङ र चेतनाथ खनालको नेतृत्वमा रहेको जनसम्पर्क समितिलाई एक गराई विधिसंबत अधिवेशनका लागी पहल गर्नका लागि वार्ता समिति बनाइएको विज्ञप्तीमा उल्लेख छ । जनसम्पर्क समिति बेलायत लामो समयदेखि विवादित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment