Comments Add Comment

त्रिशुलीमा बिहीबारदेखि र्‍याफि्टङ प्रतिस्पर्धा

Rafting
१० मंसिर, काठमाडौं । बिहीबारदेखि त्रिशुली नदीमा हिमालय हृवाइट वाटर च्यालेन्ज र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल एशोसिएसन अफ् र्‍याफ्टिङ एजेन्टस् (नारा)ले आयोजना गर्न लागेको प्रतिस्पर्धा त्रिशुलीको फिस्लिङबाट सुरु हुने बताइएको छ । प्रतियोगिता मंसिर १४ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा १८ बर्ष उमेर माथिका स्वदेशी तथा विदेशी नागरिकहरुले सहभागिता जनाउन पाउने आयोजक नाराले जनाएको छ । यस वर्ष कायाक डाउन रिभर रेस, सलालम, बोर्डर रेस र र्‍याफ्टिङ रेस गरी चार विधामा प्रतिस्पर्धा गराइने बताइएको छ ।

नेपालका नदीनालाहरुको संरक्षण गर्ने तथा नेपाली गाइडहरुको शीपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यसहित नाराले हरेक वर्ष हिमालय हृवाइट वाटर च्यालेन्ज आयोजना गर्दै आएको छ । यस महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास पनि नाराले लिएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय, राष्ट्रिय, महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने र सो मध्येबाट उत्कृष्ट प्रतियागीलाई आकर्षक पुरस्कार प्रदान गरिने नाराले जनाएको छ । समापन कार्यक्रम सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिनेशचन्द्र अमात्यले गर्ने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment