Comments Add Comment

मोदीले पत्रिका पढे, नवाजले ताली बजाए ! (फोटोकथा)

18th_SAARC_2014 (1)

१० मंसिर, काठमाडौं । नेपालमा चलिरहेको १८ औं सार्क शिखर सम्मेलनमा भारत र पाकिस्तानको कटुता लुक्न सकेन । सम्मेलनको उद्घाटनका क्रममा केही यस्ता दृश्य देखिए, जसले दुई देशको कटुता प्रष्टै झल्कायो ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ सम्बोधनका लागि ड्यासतिर अघि बढ्दा मञ्चमा सरकार तथा राष्ट्र प्रमुखले ताली बजाए । तर, भारतीय प्रधानमन्त्री मोदीले आफ्नो अगाडि रहेको सार्कसम्वन्धी  बुकलेट पत्रिका उठाएर र पढेजस्तो गर्न थाले ।

18th_SAARC_2014 (2)

तर, मोदीले बोलिरहँदा नवाजले भने त्यसो गरेनन् । सम्बोधनका लागि मोदी ड्यासमा जाँदा पाकिस्तानी प्रधानमन्त्रीले अन्य सरकार तथा राष्ट्रप्रमुखसँगै ताली बजाए ।

18th_SAARC_2014-(18)

सामान्य स्तरका मानिसले भेट हुँदा मुख फर्काएर नबोली हिँडेजस्तै एउटै कार्यक्रममा जम्काभेट हुँदा पनि दुई नेताले हातसम्म मिलाउने संस्कार देखाएनन् । मुम्बइमा भएको आतंककारी आक्रमण आजकै दिन भएकाले पनि मोदीले पाकिस्तानी प्रधानमन्त्रीसँग हात नमिलाएको टिप्पणी समेत भारतीय सञ्चार माध्यमहरुले गरेका छन् ।

मोदी र सरिफ सोल्टी क्राउन प्लाजामा एउटै होटलभित्र बसेका छन् । त्यहाँ उनीहरुले विभिन्न देशका नेतालाई भेटिरहेका छन् । तर, सार्क मुलुकका दुई शक्तिशाली देशका यी नेताहरु एक-अर्काबाट जोगिएर हिँड्ने गरेका छन् ।

सम्मेलनको उद्घाटन सत्रलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले सम्बोधन गरिरहँदा प्रधानमन्त्री कोइराला र मोदीबीच निकै लामो खासखुस चल्यो ।

18th_SAARC_2014 (6)

सार्कमा आकर्षणको केन्द्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सहभागीसँग द्वीपक्षीय वार्ता गरे । तर, सीमा जोडिएको पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई भेट्ने कार्यक्रम मोदीले अहिलेसम्म बनाएका छैनन् ।

सार्कका सदस्य राष्ट्रहरुको अंग्रेजी वर्णानुक्रमअनुसार सीट मिलाइएको थियो । तर, सुशील कोइरालाले अध्यक्षतात्मक सम्बोधन गरेपछि नेपालपछिको वर्णानुक्रममा रहेका नवाज शरीफलाई निम्तो दिइयो । वर्णानुक्रमको अन्तिममा रहेको श्रीलंकाका राष्ट्रपति बोलेपछि पहिलो वर्णानुक्रममा रहेको अफगानिस्तानका राष्ट्रपतिले बोले ।

सम्मेलनका केही दृश्यहरु

18th_SAARC_2014 (3)

18th_SAARC_2014 (5)

18th_SAARC_2014 (8)

18th_SAARC_2014 (10)
पाकिस्तानी प्रधानमन्त्री शरिफ सम्बोधनका लागि जाँदा पत्रिका पढ्न थालेका मोदी उनी र्फकँदा भने हात बाँधेर बसे

18th_SAARC_2014 (11)

18th_SAARC_2014 (22)

18th_SAARC_2014 (19)
मोदीको सम्बोधनका क्रममा ताली बजाउादै पाकिस्तानी प्रधानमन्त्री शरिफ (बीचमा)
18th_SAARC_2014 (14)
सम्मेलन उदघाटन समारोहका क्रममा पाकिप्तानी प्रधानमन्त्री नवाज शरिफ घडीमा समय मिलाइरहेको दृय पनि देखियो

18th_SAARC_2014 (16)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर/पीजे क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment