Comments Add Comment

दिल्ली जाने बसका यात्रुलाई एसएसबीको ‘ब्रेकफास्ट’

KATM-DELHI-BUS-at-Bhairahaw
नेपालबाट दिल्ली जाँदै गरेको बसका यात्रुहरुलाई भैरहवास्थित नेपाल-भारत सीमा क्षेत्रमा स्वागत गरिँदै । तस्वीर : सलमान खान

१० मंसिर, भैरहवा । प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उदघाटन गरेपछि मंगलबार साँझ काठमाडौंबाट दिल्लीका लागि छुटेको बस बुधबार बिहान रुपन्देहीको बेलहिया नाका हुँदै भारत छिरेको छ ।

काठमाडौंबाट आइपुगेको बसलाई दसगजामा नेपाल र भारतका जनता एवं सरकारी अधिकारीले स्वागत गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी मोदीले काठमाडौंमा आ-आफ्नो  देशका झण्डा फहराएर शुरु गरेको सार्बजनिक बस सेवा बुधबार बिहानै ३ बजे रुपन्देहीको सीमा नाका बेलहिया पुगेको हो ।

बिहान बेलहिया पुगेको बा ३ ख ४१६९ नम्बरको बसमा रहेका यात्रुहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीका डीआइजी विकास अरोण, भारतीय भन्सारका एनडीसिंह चौलंकी, भारतीय आध्यागमनका प्रमुख अशोक पाण्डे र नेपाल-भारत मैत्री संघ, सुनौली उद्योग संघका पदाधिकारीले दशगजा क्षेत्रमा स्वागत गरे ।

Nepal-india-bus-1

यात्रुहरुको स्वागतपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले यात्रुहरुलाई बिहानको नास्ता खुवाएर विदाइ गरेका छन् ।

उता दिल्लीमा भारतीय यातायात मन्त्री नितिन गड्करीले सोही समयमा बस सेवा उदघाटन गरेका थिए । दिल्लीबाट डीएलआइएलडी ०७८६ नम्बरको बस काठमाण्डौंका लागि बेलिहया हुँदै काठमाण्डौं पुग्ने बताइएको छ ।

काठमाण्डौबाट दिल्लीका लागि सञ्चालन भएको बस सुनौली, गोरखपुर, लखनउ, आगरा र कानपुर हुँदै दिल्ली पुग्नेछ ।

सरकारले सञ्चालन गरेको सार्वजनिक बसमा यात्रुले काठमाण्डौबाट दिल्ली पुग्न २ हजार २ सय भारतीय रुपैयाँ र बालबालिका लागि १ हजार ५ सय भारतीय रुपैयाँ भाडा तोकेको छ । यो बस यात्रा ३० घण्टाको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment