Comments Add Comment

हवाई आक्रमणमा ९५ को मृत्यु

१० मंसिर, बेरुत । सिरियामा इस्लामिस्ट स्टेट (आइएस) समूहद्धारा स्वघोषित राजधानी राकामा सिरियाली शासक समूहले गरेको हवाई आक्रमणमा कम्तीमा ९५ जनाको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ ।

आक्रमणको क्रममा मारिएका कम्तीमा ५२ जना सर्वसाधारण नागरिक छन् । तर, बुधबार भएको हवाई  आक्रमणमा मारिएका जिहादी हो या सर्वासधारण सो भने पुष्टि नभएको जनाइएको छ ।

केही हवाई आक्रमण आइएस नियन्त्रण जमाएको स्थानलाई लक्ष्यगरी गरिएको बेलायतसँग आवद्ध अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले बताउनु भएको छ ।

राका सिरियाली शासकबाट नियन्त्रण गुमेको पहिलो प्रान्तीय राजधानी हो ।राकामा जिहादी समूह विरुद्ध अमेरिकासँगआवद्ध हवाई आक्रमण पनि  बारम्बार हुने गरेको छ ।  रासस /एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment