Comments Add Comment

गढीमाईका राँगा काट्न तीन सय ५० जना नियुक्त

gadimai-mela

११ मंसिर, बारा । बाराको गढीमाई मन्दिरमा यस वर्ष करिब १० हजारको हाराहारीमा राँगाको बलि चढ्ने अनुमान गरिएको छ । राँगाको मात्रै १५ हजार बलि हुने सुरुआती अनुमान गरेको गढीमाई मेला व्यवस्थापन समितिले अहिले त्यो संख्या केही कम हुने बताएको छ ।

भारतका विभिन्न स्थानबाट बलिका लागि राँगा र पाडा बढी मात्रामा आउने गरेको भए पनि सीमामा कडाइ गरिएकाले संख्या केही घट्ने समितिको भनाइ छ । गढीमाईमा धेरैजसो भारतका विभिन्न स्थानबाट आउने भक्तजनले बलि चढाउने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । गढीमाईमा बलि चढाउनका लागि राँगा तथा पाडा भारतबाट नलग्न भारतको सर्वोच्च अदालतले दिएको आदेशका कारण सीमामा यतिबेला स्पेसल सर्भिस व्युरो -एसएसबी)ले कडाइ गरिरहेको छ ।

व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहका अनुसार शुक्रबार बिहान मन्दिरका मूल पूजारीले विधिपूर्वक पूजा गरेपछि मुसा, परेवा, हाँस, सुँगुर र राँगाको पञ्चबली दिएर वधस्थलमा राखिएका राँगाको बलि दिन सुरु गरिनेछ ।

बालिका लागि समितिले करिब तीनसय ५० जना मारक नियुक्त गरेको छ । शारीरिक अवस्थाका साथै नागरिकता हेरेर नियुक्त गरिएका मारकले पञ्चबलि दिएलगत्तै वधस्थलभित्र ‘ए’, ‘बी’ र ‘सी’ गरी विभाजन गरी राखिएका राँगा र पाडाको बलि दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment