Comments Add Comment

अतिक्रमित दशगजा खाली गराइँदै

Indian_border_guards

११ मंसिर, झापा । नेपाल-भारत सीमाका मुख्य ६ नाकामा दुवै देशका सुरक्षाकर्मीले संयुत्तः रुपमा गस्ती सुरु गरेका छन् । गस्ती टोलीले अतिक्रमित दशगजा खाली गराउन थालेको छ ।

सीमावर्ती अपराध नियन्त्रण र दशगजा अतिक्रमण रोक्न दुवै देशका सुरक्षाकर्मी संयुक्त रुपमा परिचालित भएके नयाँ पत्रिकामा खबर छ ।

संयुक्त टोलीले पहिलो चरणमा अतिक्रमित दशगजा खाली गराउने अभियान थालेको छ । त्यसका लागि टोलीले स्थानीयको घरमै गएर अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको सशस्त्र सीमा सुरक्षा कार्यालय कुमरखोदका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बीबी रानाले बताए ।

सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात-निर्यात रोक्न पनि संयुक्त गस्तीले भूमिका खेल्ने सीमा सुरक्षा कार्यालय भद्रपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए । खुला सीमाको फाइदा उठाएर हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न संयुक्त गस्तीको अवधारणा ल्याइउको उनको भनाइ छ । अहिले भारतसँग सीमा जोडिएका ६ वटा नाकामा एकैसाथ संयुक्त गस्ती सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment