Comments Add Comment

युवा स्वरोजगार कोषको ८२ लाख जोखिममा

yuwa-swarojgar kosh

११ मंसिर, कपिलवस्तु । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत जिल्लामा लगानी गरिएको ८२ लाख रुपैयाँ जोखिममा परेको छ । कृषि विकास बैंक तौलिहवा शाखा कार्यालयले ६३ जनालाई दिएको रकम जोखिममा परेको हो ।

सरकारी योजनाअनुसार कृषि कार्यालयले न्यूनतम १ लाखदेखि ६ लाख ५० हजारसम्म बिनाधितो दिएको थियो । २०७० असार ९मा खुद्रा व्यापार, कुखुरा, गाई, भैंसीलगायत आयमूलक कार्यक्रमका लागि उनीहरुले रकम लगेका थिए । मासिक १२ प्रतिशत व्याजमा बिनाधितो नागरिकता र तमसुकमात्र गराएर दिएको रकम डुब्ने खतरा बढेको कृषि विकास बैंकले जनाएको नागरिकमा खबर छ ।

रकम लगेका केही व्यक्तिबाहेक अधिकांशले व्याजसमेत नबुझाएको कृषि विकास बैंक तौलिहवा शाखाका प्रबन्धक शयामनारायाण उपाध्यायले बताए । २२ जनाको भाका नाघेको छ भने १६ जनाले लगेको रकम हालसम्म एक पैउसा पनि फिर्ता गरेका छैनन् । ‘२२ जनाको भाका नाघेको २५ लाख र त्यसको व्याज ४ लाख २० हजार पुगेको छ , ताकेता गर्दा कुनै वास्ता गरेका छैनन्,’ उनले भने, ‘लगानीको खासै उपलब्धि देखिएको छैन्, रकम लगेकामध्ये कतिपयले व्यवसायसमेत गरेका छैनन्, फिर्ता आउला भन्ने छाँट देखिँदैन ।’ लगानी भएको रकममध्ये ७५ लाख ८२ हजार असुली हुन बाँकी छ । सावाँमध्इे ७ लाखमात्र असुली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment