Comments Add Comment

बिहीबारको दैनिक पत्रिकामा बिजनेश खबर

बिहीबार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले काठमाडौमा जारी १८ औं सार्क शिखर सम्मेलनकै खबर प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले ‘सार्क सम्मेलन आर्थिक मुद्दामा केन्दि्रत’ शीर्षकमा मुख्य खबर छापेको छ । दक्षिण एसियाली राष्ट्रहरुसँगको कुल ब्यापार आफ्नो पक्षमा रहे पनि भारतले यसप्रति चिन्ता ब्यक्त गरेको छ ।
यस्तै, बैंकहरुले सुन आयात गर्नै छाडे, मोदीले नै ‘बुद्ध सर्किट’को प्रसंग निकालेपछि ब्यावसायी दंग, ‘सासेक सूचना हाइवे’मा फेरि अन्यौल, नयाँ नगरपालिकाले एमसीपीएमको बजेट नपाउने, सहकार्य र अर्थपूर्ण एकतामा जोड, मोदी प्रभावले लगानीकर्ताहरु भारतमा आकषिर्त लगायतका खबर कारोबारमा छ ।
आर्थिक दैनिकमा आर्थिक विकासमा सार्कका राष्ट्रबीच अझै सहकार्य नहुने संकेत, काठमाडौ इज ए ब्युटिफुल भ्याली, गोर्खा विकास बैंको चुक्ता पुँजी १९ करोडमा झर्यो तथा सार्क सम्मेलनमा सदस्य राष्ट्रहरुले उद्घाटन समारोहमा बोेलेका कुराहरु छापिएका छन् ।
नागरिक आर्थिकमा सार्क ब्यापारमा झन्झटै झन्झट, ‘चीन-सार्क सहयोग बढिरहेको छ’, २६ वर्षदेखि औद्योगिक क्षेत्र विस्तार ठप्प, राजस्व लक्षय मुस्किलले फेला, अनुदानको गहुँ भारततिर लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्ट अर्थतन्त्रले ‘बढ्ला त क्षेत्रीय ब्यापार’ शीर्षकमा सार्क सम्मेलनको विश्लेषणात्मक खबरलाई प्रमुख खबर बनाएको छ । हवाई पहुँच विस्तारको टुङ्गो अर्को महिना, नेपाल-भारत पर्यटन प्रवर्द्धन गर्न सहमति, आर्थिक उन्नतिबारे थाइल्याण्डमा कार्यक्रम, प्रथमिकतामा परेन बैदेशिक रोजगार लगायतका खबर अन्नपूर्णमा छ ।

annpurna-eco

arthik

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment