Comments Add Comment

कुकुरले खाएको लिंग उपचार गर्न सुनार अस्पतालमा

dog-bites११ मंसिर, प्युठान । प्युठानको दुर्गम गाविस डामृका नन्दलाल सुनार आफ्नो छोराको उपचार खोज्दै सदरमुकाम आएका छन् । डामृ २ का सुनारका पाँच वर्षीय छोरा पर्से सुनारको कुकुरले लिङ्ग खाइदिएपछि उपचारका लागि सहयोग जुटाउँन सदरमुकाम आएका हुन् ।

‘दुई वर्षअघि कुकुरले खाइदिएको हो,’ नन्दलालले भने, ‘अहिलेसम्म उपचार भएको छैन ।’ गाउँमा आमासँग गाईगोठ गएको बेला दिसा गर्ने क्रममा कुकुरले बालकको लिङ्ग खाइदिएको हो । कुकुरले लिंग खाइदिएपछि लुङबहानेमा सामान्य उपचार गरे पनि आर्थिक अभावले थप उपचारका लािग बाहिर लैजान नसकेको उनले बताए, गोरखापत्रमा खबर छ ।

उनका अनुसार बालकले पिशाव भने फेर्न सक्छन् । सानो उमेर भएकाले पछि समस्या देखिने भन्दै परिवार चिन्तित बनेको छ ।

‘अहिले सानो उमेर छ पछि उमेर बढेपछि समस्या हुन्छ कि भन्ने पीर छ । ‘ बाबु नन्दलालले उपचारका लागि कसैले सहयोग गरे उपचार गर्न लैजाने इच्छा ब्यक्त गरे । सुनारको तीन छोरा र एक छोरी छन् । आम्दानीको स्रोत नहुँदा भारतमा रोजीरोटीका लागि जाने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment