Comments Add Comment

रोनाल्डोले गरे च्याम्पियन्स लिगमा ७१ औं गोल

Ronaldo

११ मंसिर, काठमाडौं । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलमा ७१ औं गोल गरेका छन् ।

बुधबार राति भएको समूह चरणको खेलमा रियल मड्रिडले एफसी बाजललाई १-० ले पराजित गर्दा रोनाल्डोले विजयी गोल गरे । एफसी बाजलको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ३५ औं मिनेटमा गोल गरेका थिए ।

यो उनको च्याम्पियन्स लिगमा १०८ खेलमा ७१ औं गोल हो । यससँगै उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने तोस्रो खेलाडी बनेका छन् ।

सर्वाधिक गोलकर्ताको कीर्तिमान भने बार्सिलोनाका लिओनल मेस्सीको नाममा छ । यसअघि रियल मड्रिडका राउलको नाममा रहेको कीर्तिमान मंगलबार राति हृयाट्रिक गर्दै मेस्सीले तोडेका थिए ।

मेस्सीले ९१ खेलमा ७४ गोल गरेका छन् र रोनाल्डो ३ गोलले पछि छन् । रोनाल्डोले राउलको गोल संख्यालाई भने भेट्टाएका छन् । राउलले १४२ खेलमा ७१ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment