Comments Add Comment

धुलिखेलमा भारत र पाकिस्तानका प्रधानमन्त्रीले के गरे ?

SAARC-SUMIT-2014-NEPAL११ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीले विहीबार धुलिखेलमा हात मिलाउने र कुराकानी गर्ने चर्चा चलेपछि काठमाडौंमा रहेका भारतीय पत्रकारहरु ठूलो संख्यामा धुलिखेल पुगेका थिए ।

सार्कको रिपोर्टिङका लागि करिब डेढ सय भारतीय पत्रकारहरु यतिबेला नेपालमा छन् । विहीबार बिहानै उनीहरु धुलिखेलस्थित होटल द्वारिकाजको गेटमा भेला भए ।

दुर्इ देशबीचको कटुतापूर्ण सम्वन्धको कारण एक अर्कालार्इ हेर्दा समेत नहेर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले धुलिखेलमा भने हात मिलाए । यसको वातावरण बनाइदिएका थिए नेपालका प्रधानमन्त्री सुशील कोइरालाले ।

कोइरालाको पहलमा भारत र पाकिस्तानबीच नयाँ सम्वन्धको सुरूवात भएको विश्लेषण गरिएको छ ।

सुत्रहरूले मोदी र शरीफले हात मिलाएको बताए पनि यसको तस्वीर भने सार्बजनिक भएको छैन । पल पलको तस्वीर ट्वीटरमार्फत सार्बजनिक गरेका भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरूद्धिनले पनि यसबारे खुलासा गरेका छैनन् ।

भारतीय मिडियाको चासो सार्कका एजेण्डामा भन्दा बढी भारत-पाक सम्बन्धमा केन्द्रित छ ।

यसैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री सरिफ दुबैजना विहीबारै स्वदेश फर्कने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment