Comments Add Comment

केकी र विल्सनको ‘माइ प्रमिस’ एक साता पछि सर्‍यो

my-promisकाठमाडौं । पुस ११ गते प्रदर्शन हुने भनिएको चलचित्र ‘माइ प्रमिस’ पुस १८ गते मात्रै प्रदर्शन हुने भएको छ । केकी अधिकारी, विल्सन बिक्रम राई, नरकुमार लिम्बु, अनुराग कुँवर, मार्टिन खान, रमेशचन्द्र राइ लगायतका कलाकारको अभिनय रहेको फिल्मको निर्देशक सुरज सुब्बा नाल्बो रहेका छन् ।
यस अघि मंसिर ५ गते फिल्म रिलिज गर्ने भन्दै निर्माण पक्षले प्रचार प्रशार गरेपनि केकी र विल्सन अभिनित अन्य फिल्म पनि सोही मितिमा प्रदर्शन हुने भएपछि निर्माण पक्षले प्रदर्शनको मिती सारेको थियो ।
मंसिर ५ वाट सारेर पुस ११ प्रदर्शन मिति तय गरेपनि पर्याप्त हल नपाउने भएकाले बितरकको आग्रहमा प्रदर्शन मिति सारिएको निर्माता एवं नायक रमेशचन्द्र राइले बताए ।
‘पुस १८ गते कुनै पनि हालतमा फिल्म प्रदर्शन हुन्छ । अब मिती सार्दिन ।’ निर्माता रमेशचन्द्रले अनलाइनखबरसँग भने ।
फिल्म निर्माताहरुको आन्तरकि द्धन्द्धको कारण प्रदर्शनको मिति पटकपटक सार्न परेको जानकारी दिँदै रमेशचन्द्रले नेपाली निर्माताको खराब चरित्रका कारण नयाँ निर्माताहरुले दुःख पाएको बताए ।
टीआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको ‘माइ प्रमिस’ले बिदेशमा रहेको लाहुरेहरुको वास्तविक कथा बोकेको उनको भनाइ छ । यस फिल्मले सेन्सर बोर्डवाट पीजी सर्टिफिकेट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment