Comments Add Comment

रेखाका फेसबुक फ्यान १० लाख, ट्वीटरमा सून्य

rekha-thapa
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई ट्वीटरमा पछ्याउनेहरु एक करोड बढी भएको समाचार सार्वजनिक भएको साता नबित्दै नेपाली नायिका रेखा थापालाई मन पराउनेहरु पनि दश लाख पुगेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनलाई पछ्याउनेहरु १० लाख ९२ हजार पुगेका छन् । नेपाली कलाकार मध्ये उनी सबैभन्दा धेरै मन पराइएकी सेलिब्रेटी हुन् ।
रेखापछि माल्भिका सुब्बालाइ ५ लाख ७९ हजारले मन पराएका छन् भने हरिबंश आचार्यलाई ४ लाख ४३ हजारले मन पराएका छन् । थुपै नायक नायिका सामाजिक सञ्जालमा आबद्ध भएपनि रेखाको प्रभाव अरु कलाकारले तोड्न सकेका छैनन् ।
फेसबुकमा ११ लाखको हाराहारीमा प्रसंसक कमाएकी रेखाले पछिल्लो समय लोकपि्रय बन्दै गएको ट्वीटरमा भने खाता समेत खोलेकी छैनन् ।

Rekha like page
सामाजिक सञ्जाल फेशबुकमा आबद्ध भएपछि आफुलाई संसार बुझ्न थप सजिलो भएको बताउँछिन् रेखा । उनी भन्छिन- फेसबुकको काम केवल साथीभाइसँग हाइ-हेलो गर्न मात्रै हैन ।’
कुनै पनि कुराको जानकारी लिनका लागि पनि सजिलो माध्यम हो यो । ‘साथीहरुको स्टाटस मात्रै राम्ररी पढ्ने हो भने पनि धेरै कुरा थाह पाइन्छ ।’ अनलाइनखबरसंग कुरा गर्दै रेखाले भनिन् ।
उनका केही साथीहरु यस्ता छन्, भात खाएको, सुत्न लागेको, नुहाउन लागेको जस्ता प्रसंग पनि फेशबुक स्टाटस बनाउँछन् । त्यस्तो कुरा मन पर्दैन उनलाई । ‘उल्लेख गर्न लायक काम गरेको छ भने मात्रै स्टाटस राख्नुपर्छ जे पायो त्यहि लेख्नु हुन्न ।’ उनको स्टाटसको मापदण्ड सुनाइन् ।
नयाँ फिल्मको नाम जुराउँदा, सुटिङ सुरु भएको दिन, रिजिलको मिति तोकिदा फोटोसहित स्टाटस लेख्न भुल्दिनन् उनी । त्यसरी लेखिएको स्टाटसमा आउने प्रतिक्रियालाई पनि ध्यान दिन्छिन् ।
विदेश गएको वेला वा नेपालमै कुनै मठ मन्दिर घुमेकी छिन भने पनि तस्बिर सहित ठाउँको नाम राख्न छुटाउदिनन् उनी । फेशबुक च्याटमा भने उति धेरै समय दिन्नन् । प्रायः सुटिङमा फूर्सद भएको बेला र कहिलेकाहीँ बेलुकीको समयमा च्याटमा भुल्छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment