Comments Add Comment

हातमा कुचो लिएर सडक बढार्न थालिन प्रियंका

priyanka-chopra
मुम्बइ । अमिर खान, सलमान खान र अमिताभ बच्चनपछि ‘स्वच्छ भारत’ मा जोडिएकी छिन् अभिनेत्री प्रियंका चोपडा ।
प्रियंकाले आफ्नो कामको भिडियो युटुबमा अपलोड समेत गरेकी छिन् । जसमा उनले वरसोवाको एउटा गाउँ नजिकै फोहोर टिप्दै गरेको देखिएको छ भने आम मान्छेलाई आफ्नो ठाउँ सफा गर्न आग्रह गरेकी छिन् ।

प्रियंकाको भनाइअनुसार उनले अभिनय गरेको हिन्दी फिल्म ‘अग्नीपथ’ सुटिङ भएको स्थानमा सरसफा गरेकी छिन् । ‘मेरो उद्देश्य भनेको केबल यो ठाउँको एक पटक सफा गर्नु मात्रै होइन, म चाहन्छु अर्को पटक आउँदा यो ठाउँमा बास्ना आओस् ‘ उनले स्थानियलाई आग्रहको भाषामा भनेकी छिन् ।
प्रियंकाको यो अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै प्रशसा गरेका छन् । नरेन्द्र मोदी प्रधानमन्त्री भए लगत्तै स्वच्छ भारत अभियान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment