Comments Add Comment

पाल्पाको सरई र ताहुँमा मुक्तिनाथको बैंकिङ सेवा

११ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्रामिण भेगमा बैकिङ कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले पाल्पाको सरई र ताहुँ बजारमा सिमित बैकिङ कार्यालय  खोलेको छ । muktinath bikas bank

सरइ बैंकिङ कार्यालयको पाल्पा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन र ताहुँ कार्यालयको रम्बा उच्च माविका प्राचार्य कालिदास श्रेष्ठले उद्घाटन गरे । उक्त कार्यालयबाट जिल्लाका दर्जन बढी गाविसहरु वित्तीय सेवा पुग्ने बैंकले जनाएको छ ।

बैंकले २२ वटा आधुनिक बैंकिङ, १५ वटा सिमित बैंकिङ र ३ वटा लघुवित्त इकाइ कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । यस अवधिसम्म बैंकको चुक्ता पुँजी ३६ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्म बैंकले ५ अर्ब ५९ करोड निक्षेप रुपैयाँ निक्षेप संकलन गरी ४ अर्व ८८ करोड कर्जा विस्तार गरेको छ । यस अवधिमा ६ करोड ८३ लाख संचालन नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment