Comments Add Comment

४७ लाख कित्ता सेयर निष्काशन गर्दै इन्भेष्टमेन्ट बैंक

११ मंसिर, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सर्वसाधारणका लागि ४७ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । बैंकमा रहेको सर्वसाधारण लगानीकर्ताको हिस्सा बढाउनलाई बैंकले सो परिमाणमा सेयर निष्काशन गर्न लागेको बैंक स्रोतले अनलाइनखबरलाई बतायो ।

Investment-BAnk‘संस्थापकको सेयरलाई साधारणमा परिवर्तन गर्ने होइन, सीधै सर्वसाधारण सेयर जारी गर्ने तयारी गरिरहेका छौं’ बैंक स्रोतले भन्यो- ‘यो वर्षभित्रै प्राथमिक मुल्यमा सर्वसाधारणका लागि थप सेयर निष्काशन भइसक्ने छ ।’

नेपाल राष्ट्र बैंकले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर हिस्सा कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । इन्भेष्टमेन्ट बैंकमा हाल सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत लगानी छ ।

इन्भेष्टमेन्ट बैंकमा रहेको क्रस होल्डिङ समाप्त गर्न हालै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो नाममा रहेको १५ प्रतिशत अर्थात ६२ लाख कित्ता सेयर लिलामको प्रयास असफल भएको छ ।

महंगो मुल्य भएका कारण १० लाख कित्ता सेयर मात्र बिक्री भएको थियो । नबिकेको सेयरका लागि बैंकले फेरि बिक्री पक्रिया सुरु गरेको छ ।

इन्भेष्टमेन्ट बैंक नेपालमा धेरै चुक्ता पूँजी भएको दोस्रो ठूलो बाणिज्य बैंक भएपनि प्रिमियममा सेयर निष्काशन गरेपछि धेरै चुक्ता पूँजी भएको पहिलो बैंक हुनेछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १४ करोड ६७ लाख रुपैयाँ छ ।

बैंकले विगतका बर्षहरुमा लगानीकर्ताहरुलाई निरन्तर आकर्षक बोनस सेयर र नगद लाभांश दिँदै आएको छ । गत बर्षको नाफाबाट बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांशको घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment