Comments Add Comment

मिथिला र सुन्दरलाई ‘चलचित्रकर्मी रजत सम्मान’

d-cine-aaward-sammanit
छायाँछवि क्रियशनले यही मंसिर १७ गते आयोजना गर्न लागेको ‘डी सिने अवार्ड’मा २ चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी रजत सम्मान’बाट सम्मानित गर्ने भएको छ । सम्मानित हुने चलचित्रकर्मीमा वि.सं २०४३ सालमा चलचित्र ‘विश्वास’बाट अभिनय यात्रा थालनी गरेकी अभिनेत्री मिथिला शर्मा र वि.सं २०४४ सालमा चलचित्र ‘सन्तान’को पब्लिसिटी डिजाइन गर्दै पब्लिसिटी डिजाइनरको रुपमा अगाडि बढेका सुन्दर श्रेष्ठ छन् ।

दुबैलाई प्रमाणपत्र र दोसल्लाका साथ सम्मान गरिने आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै, दुई दशक लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार विदुर गिरीलाई ‘छायाँछवि चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गरिने भएको छ । गिरीलाई नगद ६ हजार ६ सय ६६ रुपैयाँ र प्रमाणपत्रका साथ सम्मानित गरिनेछ ।

मंसिर १७ गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा भव्य र सव्य रुपमा अवार्ड आयोजना गरिनेछ । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले अवार्डलाई विवादबाट मुक्त बनाउने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment