Comments Add Comment

सुनको भाउ तोलामा दुई सय घट्यो

११ मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका Goldलागि छापावाल सुनको भाउ तोलाको ५१ हजार रुपैयाँ तोकेको छ ।

बुधबार छापावाल सुन तोलाको ५१ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

तेजाबी सुन पनि बिहीबार तोलामा २ सय रुपैयाँ घट्दै ५० हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको भाउसँगै बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । महासंघका अनुसार बिहीबार चाँदी तोलामा १० रुपैयाँ घट्दै ७ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार चाँदी तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment