Comments Add Comment

बाँंकेका सहकारी संस्थाहरुबीच अन्तरक्रिया

Sahakari-Intraction

११ मंसिर, काठमाडौं । बाँंके जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको भेला तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।

भेलामा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानका विकृति र जोखिमहरुलाई न्युनीकरण गर्दै गुणात्मक विकासमा सहकारी संघसंस्थाहरुलाई दृढ प्रतिवद्धतासाथ लाग्न आग्रह गरे ।

सहकारी अभियानलाई एकीकृत स्वरुपमा अघि बढाउने तयारी नेफ्स्कूनले गरिरहेको बताउँदै कानूनी र नीतिगत रुपमा सहकारीहरुको अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन राज्यसँग आग्रह गरे ।

सहकारीहरुलाई एउटै स्वरुप र नीतिमा सञ्चालन गर्ने र धेरै सहकारीहरु भएको स्थानमा अनिवार्य एकीकरण प्र्रक्रियामा लैजान जरुरी रहेेको बताए । भेलामा जिल्लाभरका करिब दर्जन सहकारीका अध्यक्षहरु सहभागी थिए ।

सहभागीहरुले बचत तथा ऋण सहकारी संस्थाहरुलेे सहकारीलाई सुशासित र जोखिमरहित बनाउनका लागि नेफ्स्कूनको भूमिकाको प्रभावकारिताको अपेक्षा गरेका थिए ।

बाँके जिल्लामा ९६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन जसमध्ये सहकारी अभियानमा ५० वटा संस्थाहरु आवद्ध रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment