Comments Add Comment

जसको बाउन्सरले लियो हृयूजको ज्यान

Sean Abbott

११ मंसिर, काठमाडौं । अष्ट्रलियाली क्रिकेटर फिल हृयूजको मृत्यु जसको बाउन्सरमा भयो, उनी बलर शोन एबट थिए ।

तर, जब एबटको बलले हृयूज घाइते भए, धेरै तिब्र बलरहरुले न्यू साउथ वेल्सबाट खेल्ने एबटको बचाउ गरे ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एबटको मनस्थिति ठिक रहन सकोस् भनेर बुधबार काउन्सलिङ भएको थियो ।

अष्ट्रेलिया क्रिकेटका प्रमुख जेम्स सदरल्याण्डले भनेका छन्-‘हृयूजलाई मदत गर्न दौडने पहिलो उनी नै थिए । यसले एबटको स्वाभावबारे धेरै थाहा हुन्छ ।’

उनले अघि भने-यसबेला एबटको बारेमा कसैले नराम्रो सोचेका छैनन् । सबै उनको साथमा छन् । जे भयो त्यो एक अनौठो किसिमको घटना थियो ।’

अलराउण्डर तिब्र बलर एबटको करियर अहिले सफलताको सिँढी चढ्दैछ । गत महिना मात्र उनले टी-२० म्याचमा अष्ट्रेलियाली टीममा स्थान बनाएका थिए । केहीले उनले अगामी वर्ष मार्च/अप्रिलमा हुने विश्वकपमा पनि आफ्नो देशको प्रतिनिधित्व गर्ने अपेक्षा गरेका छन् ।

ब्रायन लाराले यस घटनाबारे भनेका छन्-‘कुनै पनि बलरले यस्तो गर्न चाहँदैनन् । एबट तनाबमा होलान् ।’

अष्ट्रेलियाका तिब्र बलर स्टुअर्ट क्लार्कले भनेका छन्-‘एबट तिब्र बलरको रुपमा आफ्नो काम गरिरहेका थिए । तिब्र बलरको काम नै आक्रमक बलिङ गर्नु हो ।’

उनले अघि भनेका छन्-‘यो घटनाले एबटको करियर समाप्त हुने छैन र उनले आगामी दिनमा पनि आफ्नो क्षमता अनुसार क्रिकेट खेलिरहनेछन् ।’

इंग्ल्याण्डका तिब्र बलर स्टुअर्ट ब्राड गत अगष्टमा वरुण एरोनको बलले घाइते भएका थिए । हलमेट लगाएको भएपनि उनको नाकको हड्डी दुई ठाउँमा फुटेको थियो ।

ब्राडले भनेका छन्-जब मैले हृयुजलाई चोट लागेको कुरा सुनेँ । मेरो मन थामियो । तर, मलाई बलरको पनि याद आयो । बल फाल्नेलाई कस्तो लागिरहेको होला । तर, उसको कुनै गल्ती छैन ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment