Comments Add Comment

चेन्नईलाई आईपीएलबाट हटाउन सुप्रिम कोटको आदेश

chennai-super-kings

११ मंसिर, काठमाडौं । भारतको सुप्रिम कोर्टले चेन्नई सुपर किंग्स टीमलाई आईपीएलबाट हटाउन भारतीय क्रिकेट बोर्ड बीबीसीआईलाई भनेको छ ।

आईपीएलको स्पोट फिक्सिङको सुनुवाइका क्रममा अदालतले चेन्नईलाई आईपीएलबाट डिसक्वालिफाइ गर्न भनेको हो ।

जस्टिस मुद्गल कमिटीको रिपोर्टका आधारमा कारबाही गर्न आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै यसबारे थप छानविन नहुने समेत बताएको छ ।

सुप्रिम कार्टले यसअघि बीबीसीआईको अध्यक्ष पदमा एन श्रीनिवास हुनु कन्फ्लिक्ट अफ इन्ट्रेस्ट अनुसार भएको बताएको थियो ।

इण्डियन प्रिमियर लिगमा भएको फिक्सिङको छानविन गरिरहेको न्यायाधीश मुकुल मुद्गल समितिले १७ नोभेम्बरमा आफ्नो रिपार्ट बुझाएको थियो ।

आईपीएलको नियम अनुसार टीमका कुनै अधिकारी गलत काममा संलग्न भएमा टीमकनो मान्यता खारेज हुनेछ ।

श्रीनिवास एण्डिया सिमेन्टस कम्पनीका निर्देशक हुन् र उनको कम्पनी चेन्नई सुपर किंग्सको प्रमोटर हो ।

सन् २०१३ को सिजनको आईपीएलमा भएको स्पोट फिक्सिङको छानविन सुरु भएपछि श्रीनिसवासलाई बीसीसीआई अध्यक्ष पदबाट हटाइएको थियो । तर, उनी अहिले आईसीसीको अध्यक्ष बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment