Comments Add Comment

गुलियो बन्यो ‘जेरी’, २ करोड माथिको व्यापार

anmol-and-anna

नेपाली चलचित्रको व्यापार उकालो लागिरहेको छ । यो बर्ष प्रदर्शनमा आएका आधा दर्जन बढी चलचित्रले सुखद व्यापार गरेसँगै राम्रा चलचित्र बनाएको खण्डमा चल्छ भन्ने सन्देश पनि गएको छ ।

यसैबिच, कात्तिक २८ गतेबाट देशभरका हलमा लागेको चलचित्र ‘जेरी’को व्यापार अझै कमजोर बनेको छैन । जेरीले २ सातामा देशभरबाट करिब २ करोड(ग्रस) माथिको व्यापार गर्ने देखिएको छ ।

काठमाण्डौको वितरण जिम्मा पाएको पपर्कन कम्पनीले चलचित्रले १ करोड ४० लाख हारहारीको व्यापार गरेको जनाएको छ । यता, काठमाण्डौ बाहिरका हलबाट ‘जेरी’ले ८० लाख हारहारीको व्यापार गरेको निर्माणपक्षले जनाएको छ ।

अनमोल केसी, अना शर्मा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले दुई सातामा २ करोड माथिको ग्रस कलेक्शन गर्ने पक्का देखिएको छ । आजको व्यापारले आँकडा अझ माथि लैजानेछ ।

चलचित्रको ‘लाइफ टाइम कलेक्शन’ २ करोड ८० लाखको छेउमा पुग्ने अनुमान गर्न सकिन्छ । हेमराज वीसी निर्देशित यो चलचित्रलाई काठमाण्डौ, पोखरा, धरानका यूवायूवतीले ज्यादा रुचाएका छन् ।

८० लाखको लगानीमा बनेको भनिएको यो चलचित्रबाट निर्माता सुरक्षित छन् । देश बाहिरबाट आउँने सम्पूर्ण रकम निर्माताका लागि फाइदामा जानेछ । यसैबिच, चलचित्रको प्रचार र दर्शकसँगै बसेर चलचित्र हेर्न यसका नायक अनमोल केसी, नायिका अना शर्माको साथमा यसको टिम भोली पोखरा जानेछ । यस्तै, उनीहरु हेटौडा जाने पनि तयारीमा छन् ।

गतिलो हिन्दी चलचित्र नआउनु ‘जेरी’का लागि फाइदा बनेको छ । तेश्रो हप्तामा पनि चलचित्र राम्रो चल्ने अपेक्षा निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment