Comments Add Comment

झुम्का कारागारमा आस्थाको ‘झुम्के बुलाकी’

aastha-raut
कारागारको बारेमा सुनेकी मात्र गायिका आस्था राउतले प्रत्यक्ष रुपमा उनीहरुको जीवन हेर्ने मौका पाइन् । झुम्का कारागारमा रहेका बन्दीहरुको अगाडि आफ्नो चर्चित गीतहरु सुनाउँन पाउँदा आस्थालाई यस्तो आभाष भएको हो ।

उनले कारागारमा बस्नेहरु एकदमै अनुशासित हुने गरेको खुलाइन् । झुम्का कारागारलाई सुधारगृह भनिएको छ । त्यही सुधारगृहमा रहेका करिब ७ सय बन्दीका बिचमा उनले गीत गाएकी हुन् । त्यहाँ रहेका बन्दीहरुले गीतमा नाचेनन्, ताली मात्र बजाए ।

पहिलो पटक कारागार भित्र गीत गाएकी आस्थाले आफूलाई कैदीहरुले छुट्टै संसार बाँचेको अनुभुती भएको अनलाइनखबरसँग बताइन् । उनले कार्यक्रममा ‘खै त मलाई झुम्के बुलाकी’,’सालको पात टपरी गाँसेर’, ‘तीन मोहोरको धागो’ लगायतका आधा दर्जन गीत गाएकी थिइन् । यही कार्यक्रममा गायक डम्बर नेपाली र हाँस्य कलाकार विल्सन विक्रम राइले पनि प्रस्तुती राखेका थिए ।

कारागार क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसँग कैदी बन्दीका वारेमा सोधीखोजी गरेकी उनले मेरिटेशन, योग र ध्यानको ब्यबस्था गर्ने सुझाब समेत कारागार ब्यबस्थापनलाइ दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment