Comments Add Comment

सार्क राष्ट्रहरूबीच उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर

३६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन समापन भएको छ । सम्मेलनका क्रममा उर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

अब १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्नेछ । सार्क अध्यक्षको औपचारिक जिम्मेवारी नेपालका प्रधानमन्त्री सुशील कोइरालाले पाएका छन् ।

यसपटकका सार्क शिखर सम्मेलनको महत्वपूर्ण उपलव्धी रुपमा सार्क राष्ट्रहरूबीच उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । सार्क राष्ट्रका कार्यकारी प्रमुखहरुको उपस्थितिमा सदस्य मुलुकका विदेश मन्त्रीहरुले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि सार्क सदस्य मुलुकहरुबीच बिजुली आदानप्रदान र उर्जा व्यापारको बाटो खुला भएको छ । सार्कका सदस्य मुलुकले आफूले चाहेको मुलुकसँग उर्जा किन्न र बेच्न पाउनेछन् ।

सार्क शिखर सम्मेलनमा सम्झौता हुने गरि सबै तयारी भए पनि पाकिस्तानको असहमतिका कारण सडक र रेलवे सन्जाल जोड्ने दुई महत्वपूर्ण सम्झौता भने यसपटक भएनन् ।

पाकिस्तानले समय नपुगेको र आन्तरिक तयारी पनि बाँकी रहेको भन्दै ती दुई सम्झौतामा हस्ताक्षर गर्न नमानेको स्रोतले जनाएको छ ।

सार्क शिखर सम्मेलनको समापन गर्दै प्रधानमन्त्री कोइरालाले उर्जा सहकार्य सम्झौता यो सम्मेलनको महत्वपूर्ण उपलव्धी भएको बताए । साथै उनले सार्क मुलुकहरुलाई रेल वे र मोटर सञ्जाल जोड्ने सम्झौतालाई तीन महिनाभित्र अन्तिम रुप दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment