Comments Add Comment

दुई महिनादेखि बन्द हिमालयन फुड्सको उत्पादन सुरु

११ मंसिर, वीरगन्ज । करिब दुई महिनादेखि उत्पादन ठप्प रहेको वीरगन्ज पथलैया औद्योेगिक क्षेत्रस्थित परवानीपुरमा रहेको हिमालयन फुड इन्टरनेसनल प्रालिको उत्पादन पुनः सुरु हुने भएको छ ।

उद्योग प्रशासन र स्थानीय बासिन्दासहितको बुधबार बसेको सर्वपक्षीय भेलाले उद्योगको उत्पादन सहज वातावरणमा पुनः सुरु गर्ने निर्णय गरेको हो ।

केही समयअघि केही व्यक्तिले उद्योग बन्द गर्न लगाएर कारखानाको काम ठप्प पार्दै आएको भए पनि सो भेलाले कारखाना पूर्णरुपमा सञ्चालनमा ल्याउने सहमति भएपछि आजबाट उद्योग सुचारु भएको कारखानाका सञ्चालक प्रज्ज्वल केसीले बताए ।

हिमालयन फुड इन्टरनेसनल प्रालिले राँगा, भैँसीको मासु काटेर वैज्ञानिक प्रविधिद्वारा प्रशोधन गरी देशका विभिन्न भागमा निर्यात गर्दै आइरहेको छ ।

कारखाना वैज्ञानिक र पूर्ण स्वच्छ रुपमा सञ्चालनका लागि सञ्चालकले प्रतिबद्धता जनाएकाले स्थानीय बासिन्दाले पनि उत्तिकै सहयोग गर्ने स्थानीय अगुवा युवा असलम देवानले बताए ।

सर्वपक्षीय भेलाले उद्योगमा आवश्यक पर्ने जनशक्तिका लागि पहिलो प्राथमिकता स्थानीयस्तरलाई दिने सहमतिसमेत बनेको स्थानीय उमेस यादवले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment