Comments Add Comment

मोदीले गाडीबाट झरेर सार्वसाधारणलाई भेटे

Modi-with-public

११ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वसाधारणसँग भेट गरेका छन् । भीआईपी सुरक्षाका लागि सरकारले सडक खाली गरिरहँदा मोदीले भने गाडीबाट झरेर सार्वसाधारणलाई भेटेका हुन् ।

सार्क शिखर सम्मेलनस्थल सभागृहबाट सोल्टी होटेल र्फकने क्रममा मोदीले कालीमाटीमा गाडीबाट झरेर सर्वसाधारणसँग भलाकुसारी गरे ।
त्यसक्रममा मोदीले केही समय पैदलयात्रा समेत गरे ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीको गत साउनमा नेपाल भ्रमणका क्रममा नयाँ बानेश्वर, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा गाडीबाट झरेर सर्वसाधारणसँग भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment