Comments Add Comment

विश्वका सबैभन्दा पाका दम्पतिले मनाएर साझा जन्मदिन

old-main-2
१ सय ९ वर्षका करम चन्द र उनकी श्रीमती १ सय २ वर्षकी कर्तरीको उमेर जोड्दा २ सय ११ वर्ष हुन्छ । श्रीमान श्रीमतीको उमेर जोड्दा यो दम्पती विश्वको सबैभन्दा बढि उमेरको दम्पती हो । भारतीय मूलका बेलायती नागरिक करम र कर्तरीबीच ८८ वर्षअघि सन् १९२५ को डिसेम्बर ११ मा बिहे भएको हो, भारतमा । यो दम्पतीले बिहे गरेकै वर्ष मार्गरेट थ्याचरको जन्म भएको थियो ।

यो किर्तिमानी जोडीको आयु जसरी जुराइएको रहेछ, उसैगरी यिनीहरुको जन्म पनि एकै महिनामा भएको रहेछ । दुबैजना नोभेम्बर महिनामा जन्मिएका हुन् । र उनीहरुले आइतबार आफ्नो जन्मदिन साझा रुपमा मनाएका छन् । ब्राडफोर्डमा यो वृद्धजोडीको जन्मदिन समारोहमा उनका परिवारका चौथो पुस्तासम्मका सदस्यहरु भेला भए ।

कर्तरीका अनुसार ती दीर्घजिवी दम्पतीले सधै स्वस्थ प्राकृतिक खानेकुरा खाने गरेका छन् । दुध, नौनी तथा मोही उनीहरुको निकै मनपर्ने खानेकुरा हो । आफुहरु दुबैजना सँगै दुखसुख गर्दैआएको र परिवारलाई केन्द्रविन्दुमा राखेको उनी बताउँछिन् । उनका आठजना छोराछोरी मध्ये एक छोरा पाउल पनि आफ्ना बुवाआमाको दीर्घजिवनका बारेमा सबैले अनौठो मानेर सोध्ने गरेको बताउँछन् ।old-main-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment