Comments Add Comment

जहाज स्टार्ट नभएपछि यात्रुले धकेले (भिडियोसहित)

plane 1
गाडी स्टार्ट नहुँदा धकेलेर स्टार्ट गर्नुपरेको त हामीले देखेभोगेकै कुरा हो । तर के जहाज स्टार्ट गर्न समेत यात्रुले धकेल्नुपरेको कुरा सुन्नुभएको छ ? यात्रुले धकेलेर जहाज स्टार्ट गर्ने कुरा सुन्दैमा निकै भयानक लाग्छ र यस्तो मूर्खता कहाँ होला र ? धकेलेर स्टार्ट गर्नुपर्ने जहाजमा को चढ्ला ? तर ७० जना यात्रु बोकेको एक जहाजलाई यात्रु आफैले धकेलेर स्टार्ट गराउनुपरेको छ ।
निकै चिसोका कारण जहाज स्टार्ट नै नभएपछि जहाजभित्र बसिसकेका यात्रुहरु बाहिर निस्किएर जहाजलाई धकेलेर गुडाउनुपरेको हो ।

रुसको साइबेरिया इगार्का सहरस्थित विमानस्थलबाट उडान भर्न लागेको जहाज अत्यधिक चिसोका कारण स्टार्ट हुन नसक्दा यस्तो स्थिति आयो । तापक्रम माइनस ५२ डिग्री सेल्सियसमा झरेको तथा विमानस्थलमा समेत हिउँ जमेका कारण केटकाभिया एयरलाइन्सको जहाजको ल्यान्डिङ गिएरकोको बार्किङ प्रणाली जमेका कारण स्टार्ट भएन । ७० जना यात्रु लिएर उड्न लागेको त्यो जहाजमा धेरैजसो कारखानाका कामदार रहेको साइबेरियन टाइम्सले जनाएको छ । उनीहरुले जहाजलाई ठेलेरै भएपनि स्टार्ट गरी उडाउन राजी भए र सोही बमोजिम गरे ।
plane 2
यात्रुले ठेलेर स्टार्ट भई उडेको जहाज क्रास्नोयार्कस् सहरमा सकुसल अवतरण गर्यो ।
उडान सुरक्षा नियम अनुसार यात्रुलाई जहाज ठेल्न लगाएर स्टार्ट गरी उडान भर्न पाइँदैन । यस्तो गर्नु जोखिमपूर्ण मात्र नभै यसले जहाजको बडीमा समेत असर पूराउँछ । त्यसैले यात्रुले ठेलेर जहाज स्टार्ट गरेको यो घटनामा हवाइ सुरक्षा कानूनको उल्लंघन भए नभएको विषयमा अनुसन्धान भैरहेको बताइएको छ ।

plane 3

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment