Comments Add Comment

सावधान ! धेरै फलफूल खाँदा डिप्रेसन हुनसक्छ

Culinary_fruits_front_view copy copy
बच्चालाई धेरै फलफूल खुवाउँदा उनीहरुको स्वास्थ्य अझै राम्रो हुन्छ भन्ने सोँच्नुभएको छ भने अब होसियार हुनुहोस् ।
बच्चालाई धेरै फलफूल खुवाउँदा त्यसले उनीहरुलाई तन्दुरुस्त बनाउने होइन उल्टै उनीहरुको स्वास्थ्यमा खराब असर पुर्‍याउने एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार फलफूलको अधिक सेवनले बालबालिकाहरुमा डिप्रेसनको सिकार हुने खतरा बढ्छ ।

अनुसन्धानकर्ताका अनुसार फलफूलमा स्वभाविक रुपमा सुगरको मात्रा बढि हुन्छ, फुक्टोजको रुपमा । धेरै फलफूलको सेवन गर्दा सरीरमा चिनीको मात्रा बढि आपूर्ति हुनजान्छ । बालबालिकालाई बढि फलफूल खुवाउँदा उनीहरु किशोरावस्थामा पुगेपछि डिप्रेसन तथा तनावको सिकार हुने तथा रिसाउने वा मानसिक प्रतिक्रियामा समेत नकारात्मक असर पूराउने जोखिम हुने शोधकर्ता बताउँछन् ।
अमेरिकाको एटलान्टास्थित एमोरी विश्वविद्यालयकी शोधकर्ता कन्स्टेन्स ह्यारेलका अनुसार फलफूलको बढि सेवनले बालबालिकाको मस्तिष्कमा असर पर्छ र त्यसको नकारात्मक प्रभाव किशोरावस्थामा पुगेपछि देखापर्छ ।
अमेरिकाको वाशिङटनमा भएको सोसाइटी फर न्युरोसाइन्सको वाषिर्क बैठकमा यो शोधपत्र प्रस्तुत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment