Comments Add Comment

पेलेले अस्पतालबाटै भने- अब कुनै चिन्ता छैन

१२ मंसिर, काठमाडौं । साउ पाओलोस्थित एक अस्पालमा उपचाररत ब्राजिलका फुटबल लेजेन्ड पेलेले आफू ठिक भइरहेको बताएका छन् ।

७४ वर्षका पेले तीन दिन पहिले अनबर्ट आइन्स्टीन अस्पताल भर्ना भएका थिए । मुत्रनलीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले पछिल्ला तीन दिनमा उनको स्वास्थ्य अवस्था बिग्रएको जनाएको थियो । तर, पेलेले ट्वीट गर्दै आफूलाई इन्टेनसिभ केयर (सघन चिकित्सा) मा नराखिएको र स्वास्थ्य ठिक भइरहेको बताएका छन् ।

आफूलाई थप उपचार आवश्यक रहेको भन्दै तीन पटकका विश्वकप विजेता पेलेले ट्वीटरमा लेखेका छन्-अब कुनै चिन्ताको कुरा छैन । म भाग्यमानी छु कि मैले तपार्इहरू सबैको माया पाएँ ।’

उनले अघि लेखेका छन्-‘म तपाईहरुको माया र समर्थनका लागि आभारी छु  र भगवानलाई धन्यवाद छ कि यो गम्भीर छैन ।’

ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा पेले टीमका महत्वपूर्ण सदस्य थिए ।

 उनले केही समयअघि मात्र पथरीको अपरेशन समेत गरिएको थियो ।अपरेशनपछि उनी नोभेम्बर १३ मा अस्पतालबाट घर फर्किएका थिए ।

२१ वर्षे खेल करियरमा पेलेले १३६३ खेलमा १२८१ गोल गरेका छन् । फिफा प्लेयर अफ दि सेन्चुरीबाट सम्मानित पेलेले ब्राजिलका लिग ७७ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment