Comments Add Comment

सार्क अवधिमा चोरी बढ्यो

VVIP-SAARC-GUEST's-SECURITY
१२ मंसिर, काठमाडौं उपत्यकाका सुरक्षाकर्मी सार्क सुरक्षामा केन्दि्रत हुँदा उपत्यकामा चोरीका घटना बढेका छन् । सार्क सम्मेलन सुरु भएको पहिलो दिनमै उपत्यकाका तीन ठाउँबाट १० लाख बराबरको धनमाल चोरी भएको छ ।

उपत्यकाका अधिकांश प्हरी सार्क सम्मेलनमा सहभागी विशिष्ट अतिथिको सुरक्षामा रिङरोड क्षेत्रभित्र केन्दि्रत हुँदा रिङरोड बाहिरको क्षेत्रमा चोरी बढेको नागरिक दैनिकमा खबर छ ।

सार्क सम्मेलन सुरु भएको दिन काठमाडौंको काठमाडौं महानगरपालिका-१६ र मनमैजुमा चोरी भएको छ । उता, कीर्तिपुरको मैत्रीनगरबाट तीन लाख ५८ हजारको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ बहतीपोखरीमा श्याम मानन्धरको डेराबाट ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब तीन लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा मूलढोका फोडेर चोरी भएको हो ।

यसैगरी, काठमाडौं मनमैजु-५ मा बस्ने मीरा भट्टको कोठाबाट २५ हजार रुपैयाँ र सुनका गहना गरी करिब दुई लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा पुरुषोत्तम पराजुलीको डेराबाट एकलाख रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब तीन लाख ५८ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

सार्क सुरक्षामा नेपाल प्रहरीका करिब १० हजार जनशक्ति परिचालित भएका थिए । सुरक्षामा खटिन् अधिकांश प्रहरी उपत्यकामा कार्यरत प्रहरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment