Comments Add Comment

काठमाडौंमा फोहोर फाल्नेबाट डेढलाख असुली

kathmandu ko fohor
१२ मंसिर, काठमाडौ । सार्क सम्मेलनका लागि लक्षित सडकमा फोहोर फाल्ने करिब दुई सय व्यक्ति तथा संघसंस्थालाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ ।

घर अगाडि फोहोर फाल्नेलाई रोक्न महानगरपालिकाले स्थलगत कारबाही थालेको थियो । कात्तिक २४ मा सुरु कारबाहीबाट बुधबारसम्म डेढ लाख रुपैयाँ भन्दा बढी जरिवाना संकलन भएको नागरिकमा खबर छ । महानगरपालिका वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार सहरमा उत्पादन हुने तथा सहरी सुन्दरता र वातावरण बिगार्ने दर्जनभन्दा बढी प्रकृतिका फोहोर पाइएको छ ।

‘फोहोर उत्पादन गर्ने उत्पादक र व्यवस्थापन गर्ने व्यवस्थापकबीच आपसी सहयोगका विषयमा छलफल गर्न उत्पादक पक्षको जिम्मेवारी कम छ,’ उनले भने, ‘नागरिक उत्तरदायित्वको पालना देखिँदैन ।’ उनका अनुसार सोमबार राति र मंगलबार गरिएको अनुगमनमा १२ जना व्यक्ति पक्राउ परेका थिए । बिहानको समयमा भएको अनुगमनको क्रममा धेरैजसो पसल एवं रेस्टुरेन्ट व्यवसायीले फोहोरलाई लापरबाहीका साथ सडकमा फ्याँक्ने गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment