Comments Add Comment

शुक्रवारका दैनिक पत्रिकामा बिजनेश खबर

शुक्रवार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले काठमाडौ सम्पन्न १८ औं सार्क शिखर सम्मेलनकै खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकले ‘सार्कलाई गरिबीमुक्त र स्वतन्त्र ब्यापार क्षेत्र बनाइने’ शीर्षकमा मुख्य खबर छापेको छ ।

यस्तै, विदेसिनेहरु चार महिनामा १४६ प्रतिशत बढे, २०१५ देखि ‘दिगो विकास लक्ष्य’, घरजग्गामा कालो धन प्रयोग भएको खुलासा, सार्कका फस्र्ट लेडीले गरे भक्तपुर सम्पदाको भ्रमणलगायतका खबर कारोबारमा छ ।

नागरिक आर्थिकमा ‘जलविद्युतमा लगानीको बाटषे खुल्यो’, एयर इण्डिायाले थप जहाज नबेच्ने, मोदीसँग पाँचवर्षे भिसा माग, साताभित्र माटो प्रयोगशाला भ्यान, निकुञ्जमा पौने लाख पर्यटक लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा अन्तरक्षेत्रीय ब्यापार बढाउने प्रतिवद्धता, ५० करोड छुट्यायो पर्यटन बोर्डले, क्षतिपूर्ति रकम सरकारकै कोषमा लगायतका खबर छन् ।

आर्थिक दैनिकमा सार्क राष्ट्रबीच विद्युत आदानप्रदानको बाटो खुल्यो, ३६ बुँदे काठमाडौ घोषणापत्र जारी, पञ्चेश्वर परियोजना निर्माणले १२ हजार वर्ग किमि भूभाग डुबानमा पार्ने, सार्क लगत्तै गरिबलाई परिचयपत्र वितरण कार्यलाई तिब्रता लगायतका खबर छन् ।

annapurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment