Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले काठमाडौं घोषणापत्र जारी गर्दै १८ सार्क शिखर सम्मेलन सम्पन्न भएको, उर्जा सम्झौता भएको, शिखर सम्मेलन समापनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले सार्क सम्मेलनका विषय धेरै भएपनि उपलब्धि थोरै भएको, फैसलाको सवा आठ अर्ब उठ्न बाँकी रहेको, सार्कका प्रथम महिना नेवारी नृत्यमा रमाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले माटाका भाँडा बनाउन सिकेर सार्कका पाहुना फर्किएको, पाँच राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुख स्वदेश फर्किएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण सुखद संकतसँगै सार्क सम्मेलन सकिएको, दक्षिण एसियाली आर्थिक युनियन बनाउने सार्क प्रतिबद्धता गरेको , भारत कम प्रान्तका पक्षमा रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले सार्क सम्पर्क सञ्जाल बढाउने वाचा भएको, सार्क उर्जा सम्झौतामा हस्ताक्षर भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment