Comments Add Comment

झापामा मापसे गर्ने १४६ को लाइसेन्समा प्वाल

१२ मंसिर, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुई महिनामा १ सय ४६ जानको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा प्वाल पारेको छ ।
driving-licenceमादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम झापामा नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गर्नेलाई निरुत्साहित गर्न सुरु गरेको अभियानका क्रममा १ सय ४६ वटा सवारी चालक अनुमतिपत्रमा प्वाल पारेको सो कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउने चालकको चालक अनुमतिपत्रमा प्वाल पार्ने अभियान गत असोज २६ गतेबाट सुरु गरेको थियो । जसअन्तर्गत पूर्व-पश्चिम राजमार्गको विभिन्न स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै ब्रेथलाइजर मेसिनको माध्यमबाट चालकले मादकपदार्थ सेवन गरे/नगरेको जाँच गर्दै आएको र मादकपदार्थ सेवन गरेको पाइए लाइसेन्समा प्वाल पार्ने तथा एक हजार रुपैयाँ जरिवाना लिने गरेको प्रहरी नायब निरीक्षक सुनिल श्रेष्ठले बताए ।

मादकपदार्थ सेवन गरी चालकले सवारी चलाएको सातपटकसम्म पाइए उसको सातपटक नै लाइसेन्समा प्वाल पार्ने र उक्त लाइसेन्स स्वतः रद्द हुने जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment