Comments Add Comment

बेनीमा महारानी महोत्सव सुरु

१२ मंसिर, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-६ मा रहेको महारानी थानको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले बिहीबारदेखि महारानी महोत्सव सुरु भएको छ ।

मंसिर २० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनका क्रममा सभासद् नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाले जिल्लाका धार्मिक, पर्यटकीय, ऐतिहासिकस्थलको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटन विकासमा टेवा मिल्ने बताए ।

सांगीतिक धार्मिक प्रवचन एवम् महारानी थानको प्रचारप्रसारमा सघाउ पुर्‍याउने गतिविधि हुने महोत्सवमार्फत एक करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

पण्डित नीलकण्ठ शर्मा (आचार्य)को प्रवचन रहने उक्त धार्मिक महोत्सव सञ्चालनका क्रममा २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महोत्सव तथा महायज्ञमार्फत सङ्कलन हुने रकमबाट महारानी थानमा पुजारी आवास, कार्यालय भवन, भोजनस्थल निर्माण र पूजा व्यवस्थापनका लागि कोष स्थापना गर्न खर्च गर्ने लक्ष्य राखिएको मूल आयोजक समितिका महासचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।

बाइसे चौबिसे राज्यको पालामा मल्ल राजाकी श्रीमती अलप भएकाले सो ठाउँको नाम महारानी रहेको र पूजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment