Comments Add Comment

सिरियल किसर इमरान भन्छन-सन्नीसँग काम गर्न पाए कसले छोड्छ ?

imran and sunny
मुम्बई । बलिउडमा ‘सिरियल किसर’को छवि बनाएका अभिनेता इमरान हासमीले पूर्व पोर्न स्टार सन्नी लियोनसँग काम गर्न आफु आतुर रहेको बताएका छन् ।
हिन्दी फिल्म ‘उंगली’ को एउटा गीतमा इमरानले सन्नीसँग काम गर्न नमानेको समाचार सार्वजनिक भएपछि प्रतिक्रिया दिंदै इमारानले भने- ‘सन्नीसँग काम गर्न पाए कसले छोड्छ ?’
‘उंगली’ मा आफुहरु सँगै काम गर्ने कुरा एक चरण भए पनि सम्भव नभएको जानकारी दिँदै इमरान त्यसो हुनुको मुख्य कारण समय हो भन्छन् । इमरानको भनाइ अनुसार समय मिलेको भए सन्नी र इमरानको जोडी उंगलीमै सम्भव थियो ।
प्रदर्शनको तयारीमा रहेको फिल्म उंगलीमा रहेको आइटम डान्समा सन्नीलाई डान्स गराउने कुरा गर्दा सबै भन्दा पहिले इमरानले नै आपत्ति जनाएका थिए । अहिले फेरी इमरान स्वयं सन्नीको प्रसंसामा जुटेको देख्दा फिल्मको प्रचारको लागि पो हो कि भन्ने टिप्पणी हुन थालेको छ ।
आफु सन्नीवाट प्रभावित भएको दाबी गर्ने इमरानले सन्नीसंग आफ्नो जोडी बाँधिएको दृष्य पर्दामा देख्न धेरै दिन बाँकी नरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment