Comments Add Comment

सार्कका पाहुना स्वदेश फिर्ता

१२ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अठारौं शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु सबै स्वदेश फर्किएका छन् । बंगलादेश र भुटानका प्रधानमन्त्री शुक्रबार तथा अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरु विहीबार राति फर्किएका हुन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदलाई उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शुक्रबार विदाइ गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले मंगल धुन र सम्मान गारत अर्पण गर्नुका साथै दुवै देशको राष्ट्रिय धुन बजाएको थियो ।

विहीबार राति भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र मालदिभ्सका सरकार तथा राष्ट्रप्रमुखहरु स्वदेश फर्किएका थिए ।

सार्कका सबै विशिष्ट पाहुनाहरु स्वदेश फर्किएपछि काठमाडौं उपत्यकाका सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली पनि शुक्रबार मध्यान्हदेखि हटाइएको छ ।

विहीबार रातिको विदाइका केही तस्वीरहरु हेर्नहोस्-

NARENDRA-MODI-RETURNING-TO-

MODI-RETURNING-TO-DELHI-FRO

NAWAJ-SARIF-RETURNING-TO-PA

SARIF-RETURNING-TO-PAKISTAN

1-NAWAJ-SARIF-RETURNING-TO-

ABDULLHA-YAMIN-RETURNING-TO ASRAF-GHANI-RETURNING-TO-AF MAHINDA-RAJAPAKCHHE-RETURNI MAHINDA--RETURNING-TO-SHRIL

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment