Comments Add Comment

लोक संगीत महोत्सवमा ८५ बर्ष अघिको नेपाल देखाइँदै

Blind Musician copy
काठमाडौं । यस वर्ष हुने चौंथो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव (इन्फिम) मा नेपालकै पुरानो लोक फिल्म प्रदर्शन हुने भएको छ ।
मंसिर १२ देखि १४ सम्म तीन दिन हुने सो महोत्सवमा डच नागरिक अर्नाल्ड अ वाक ले सन् १९३१ मा नेपालमा वनाएको नेपालको पहिलो फिल्म प्रदर्शन गर्ने योजनामा आयोजक संस्था रहेको छ ।
नेपाली सेनाले लिच्छवीकालदेखि नै नेपालमा लोक संगीतको क्षेत्रमा विभिन्न काम गर्दै आएको थियो । लोक पर्व र जात्रा सम्वन्धी सेनाले बनाएको विभिन्न फिल्म पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
एसिया, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र यूरोपका लोक संगित सम्वन्धि ४५ फिल्महरु कार्यक्रममा प्रर्दशन गरिने भएको छ ।
नेपाली लोकबाजा संग्रहालयको आयोजनामा हुन गइरहेको यो कार्यक्रममा नेपाली लोकगीत, लोकसंगीत, लोकबाजा लोकनाच, लोकसंस्कृति, लोकपरम्परामाथी अध्ययन समेत गर्ने कार्यक्रम रहेको छ ।
सर्बनाम थिएटर, कालिकास्थान, डील्लीबजारमा हुने यस महोत्सवमा ‘जीवनको लागि संगीत र बाँच्नको लागि संगीत’ लाई मुख्य विषय बनाइएको छ । महोत्सवमा विभिन्न देशका लोक संगीत संस्कृति, जीवनशैली, सम्बन्धी १३५ वृत्तचित्रहरुले सहभागी हुन चाहेका थिए । आमन्त्रीत, अप्रतियोगी, र प्रतियोगी गरी २० वटा देशका ४५ वृतचित्र प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment