Comments Add Comment

प्रेमपत्र आउँदा राजकुमारी नै ठान्थेँ

priyanka karki 2
पछिल्लो समयकी ब्यस्त हिरोइन हुन् प्रियंका कार्की । कहिले बस्दा होस् नपुर्‍याएको त कहिले पत्रकारलाई गाली गरेका जस्ता प्रसंगले बिबादमा आएकी प्रियंका कार्की खुला बिचारकी प्रष्टवक्ता नायिका हुन् ।
श्रीमानले काममा डिष्टर्व गरेपछि सम्बन्धबिच्छेद गरेको बताउने प्रियंका कुनै दिन आफ्नो जीवनमा पुनः पुरुष ठोक्किन आउनेमा आशावादी छिन् । कार्कीसँग अनलाइनखबरले गरेको कफी गफ-

तपाइको नजरमा प्रेम ?
सबै भन्दा पावरफुल फिलिङ ।
स्कुले जीवनमा कस्तो हुनुहुन्थ्यो ?
अहिले जस्तै । एकदमै नक्कली, नक्कल धेरै पार्नुपर्ने, चुल्बुले, छुच्ची, नौटंकी ।
जीवन कसैसँग साटन पाए ?
म ऐश्वर्या राय बन्थे ।
के मा पछुतो लाग्छ ?
मैले कहिल्यै त्यस्तो पछुतो मानेर रोइन । तर, मलेशियामा पासपोर्ट र ब्याग हराउँदा तीन दिन अलपत्र परें । पछुतो त हैन तर, त्यो घटनावाट धेरै पाठ सिकें । आफ्नो सामानको केयर गर्नुपर्ने रहेछ भन्ने पनि थाह पाएँ । मलाइ लाग्छ त्यो तीन दिनको दुःखले मैले धेरै कुरा थाह पाएँ ।
सबै भन्दा खुसी भएको क्षण ?
२००५ मा मिस टिनको ताज लगाएको दिन । त्यही उपाधिले मलाई अगाडि बढ्ने बाटो खुल्यो ।
अहिले त मिस टिनको क्रेज छैन भन्छन् नि ?
अहिले च्याउ उम्रेजस्तो धेरै इभेन्ट हुन थाल्यो । त्यो भएर पनि होला मिस टिनको क्रेट घटेको ।
नेपालमा त्यस्तो कुन ठाउँ छ ? जहाँ तपाइ घुम्न चाहनुहुन्छ ?
नाम्चे । तर, अहिलेसम्म गएको छैन । फोटोहरु हेरेको छु असाध्यै जान मन लागेको छ ।
तपाइका तीन कमजोरी ?
धेरै सेन्सेटिभ छु । सानो-सानो कुराले पनि चित्त दुख्छ । मनमा जे लाग्छ फ्याटै भनिदिन्छु । जसलाई पनि विश्वास गर्ने वानी छ ।
धेरै विश्वास के मा गर्नुहुन्छ ?
सबै भन्दा बढी बिश्वास मायामै गर्छु । माया प्रेमले नै यो संसार चल्छ जस्तो लाग्छ
भगवानमा भन्दा पनि ?
भगवान त मनमा लिएर हिंड्छु ।
भाँडा माझ्ने र पकाउने काम मध्ये एउटा रोज्नु पर्‍यो भने ?
मैले खाना पकाएँ भने कसैले पनि खाँदैन । मैले मात्रै खानुपर्छ । त्यसकारण भाँडा माझ्ने काम रोज्छु ।
जीवनमा कत्तिको रुनुहुन्छ ?
रुन्छु तर, कसैलाई थाह हुँदैन । ढोका थुनेर एक्लै रुन्छु ।
ठट्टा कत्तिको गर्नुहुन्छ ?
धेरै । त्यो त मेरो सब भन्दा फेभरेट हो ।
झुट कत्तिको बोल्नुहुन्छ ?
मान्छेलाई ड्यामेज गर्नेगरी बोल्दिन । तर, मैले झुटो बोल्दा कसैलाई राम्रो हुन्छ भने बोल्छु । हिन्दीमा एउटा उखानै छ नि ‘जिस झुटसे किसीकी घर बस्ता है, ओ झुट झुट नै होता ।’
के गर्दा बढी रिस उठ्छ ?
अब्यबसायिक मान्छेसँग मलाई रिस उठ्छ ।
धेरै रिस उठेको बेला कसरी शान्त पार्नुहुन्छ ?
म जति रिसाए पनि देखाउँदिन । भित्रभित्रै रिस चर्‍याम चुरुम चपाएर निल्छु । म रिसाएपछि धेरै बोल्दिन । नबोलेपछि मान्छेहरुले थाह पाउँछन् यो रिसाएकी छे भनेर ।
जीवन र कर्मको मूल्याङकन ?
भाग्यमानी छु जस्तो लाग्छ ।
धुमपान, मध्यपान गर्नुहुन्छ ?
जति गर्नु गरिसकेँ । अब करिअरलाई के गर्दा राम्रो हुन्छ त्यो मात्रै गर्छु । अमेरिकामा के गरिनएन र ?
लाइफ स्टाइल र कमाइको रेञ्ज त निकै फरक छ मेन्टन कसरि गर्नुहुन्छ ?
म करोड कमाउँछु भन्दिन तर, मलाई चाहिने म कमाएकी छु । नेपालमा यस्तो महंगो छ तर, पनि मेन्टन गरेकी छु, यो आफैमा ठुलो कुरा हो जस्तो लाग्छ ।
मनले चाहेर पनि पूरा गर्न नसकेको काम ?
त्यस्तो केही छैन । म चाहियो भनेपछि पूरा गरेरै छाड्ने खालकी केटी हुँ ।
प्रेम र सेक्स ?
जोसंग प्रेम गर्नुहुन्छ त्यहि मान्छेसँग सेक्स गर्नुस कहिल्यै नराम्रो हुन्न । सेक्स भनेको एउटा यस्तो चिज हो जोसँग गर्नु हुन्छ हरेक कुरा शेयर हुन्छ । त्यसकारण पनि सेक्सको मामिलामा होसियार हुनुपर्छ । सेक्स जस्तो चीज शेयर गर्‍यो भने राम्रो हुँदैन ।

तपाइकै उमेरका धेरैजसो युवतीहरु श्रीमानसँगै हात समातेर हिँड्छन् । त्यस्तो देख्दा बिहे गरौं-गरौं लाग्दैन ?
किन नलाग्नु नि ? मेरा कति साथीहरु आमा बनिसके । बच्चा डोर्‍याएर हिंडेको देखेकी छु । त्यो देख्दा त भित्रैदेखि डाहा लाग्छ ।
भनेपछि अब प्रेमीको खोजीमा हुनुहुन्छ ?
छु । तर, खोजेर चाँहि हिडदिन् । बिबाह भन्ने कुरा देखेर मात्रै हुँदैन लेखेकै हुनुपर्छ । जो मेरो श्रीमान हुन योग्य छ, एकदिन पक्कै त्यो मान्छे मसँग ठोक्किन आउँछ ।
बिबाह जीवनका लागि जरुरी हो कि हैन ?
priyankaयसलाई जसरि ब्याख्या गरे पनि हुन्छ । खासमा हरेक मान्छेले खुसी भएर बाच्न सक्नुपर्छ । यदि बिबाह गरेपछि जीवन थप रोमान्टिक हुन्छ भने बिबाह जरुरी हो । तर, खुसी पाइन्छ कि भनेर बिबाह गर्ने होइन ।
तपाइले त सम्बन्ध बिच्छेद गर्नु भयो । हाम्रो समाजले कसरी हेर्छ ?
पहिला त डिभोर्स गर्नु पापै हो भन्ठान्थे । अहिले त्यस्तो छैन । डिभोर्स गरेपछि नर्कै जान्छेस भन्नेहरु छैनन् ।
सिंगल हुँदाको अप्ठ्यारो ?
त्यस्तो अप्ठ्यारो केही पनि हुन्न । बरु आफ्नै सुरुले काम गर्न पाइन्छ । ममी आज मेरो सुटिङ छ है भन्यो घरवाट हिंड्यो ढुक्क । आनन्दले काम गर्न पाइन्छ । किनकी बाबा ममीले ५/५ मिनेटमा एक्काइस चोटी फोन गर्नुहुन्न नी ।
अमेरिकाको के कुरा मिस गरिरहनु हुन्छ ?
त्यहाँ २४ सै घण्टा बत्ति आउँछ, पानी आउँछ । त्यहाँको बाटोघाटो र ट्राफिक ब्यबस्थाको याद आउँछ ।
पहिलो फोटो कहिले छापियो ?
मिस टिन भएपछि सबै पत्रिकामा छापियो । रातारात हिट भएँ । अहिले पनि त्यो पत्रिकाहरु राखेकी छु ।
पहिलो डेटिङ ?
शायद ८ कक्षा पढ्दा होला । त्यतिखेर त डेटिङ भन्ने पनि थाह थिएन । एउटा झयालवाट अर्को झ्यालमा हेर्ने उ हाँसेपछि आफु पनि हाँस्ने । त्यति भएपछि संसारै पाए जस्तो लाग्थ्यो ।
त्यस्तो प्रेम कति जनासँग भयो होला ?
त्यतिखेरको प्रेम स्थायी हुन्थेन । एउटासँग हेर्‍यो, हाँस्यो सकियो । उसले स्कुल छाडेर जान्थ्यो । फेरि अर्को आउँथ्यो उस्तै हुन्थ्यो ।
पहिलो प्रेम पत्र ?
जीवनमा मैले एउटा पनि लेखिन, पाएँ मात्रै । बाबाले पेनपल बनाइदिनु भएको थियो । चिठी निकै आउँथ्यो । त्यसरी चिठी आउँदा आफुलाई राजकुमारी जस्तो ठान्थेँ ।
पहिलो कमाई ?
७ वर्षको हुँदा बाल कलाकार भएर चलचित्र ‘महादेबी’ मा काम गरें । त्यहि नै थियो पहिलो कमाई । तर, कति कमाएँ मलाई थाह छैन । त्यतिवेला त्यो पैसा ममीलाइ दिएकी थिएँ ।
राजनीति के हो ?
यो यस्तो पावरफुल धार हो तर, यसले कि देश बिगार्छ कि बनाउँछ । तर, हाम्रोमा बिगारेको छ ।
क्षमता भएर पनि माथि जान नसकेको कोही राजनितिज्ञ देख्नुहुन्छ ?
हाम्रो देशमा राजनीति भित्र पनि राजनीति छ । क्षमता हुनेहरुलाई पनि माथि जान नदिने चलन छ । म गगन थालालाई ब्यक्तिगत रुपमा चिन्दिन तर, उहाँको स्पिच सुन्दा मलाई मन पर्‍यो र संविधानसभा निर्वाचनमा उहाँलाई नै मैले भोट दिएँ ।
राजनीतिमा रुची छैन ?
देश बनाउने भन्ने कुरा ठट्टा हैन । ६०/७० वर्षदेखि लागेकाहरुले त केही गर्न सकेका छैनन् भने हामीले केही पनि गर्न सक्दैनौं । यत्ति हो कि हामीले हामीमा भएको पावर भने प्रयोग गर्न सक्छौं र यो राम्रो हो र यो नराम्रो हो भनेर हामीले अपिल गर्न सक्छौं ।
राजनीतिक समाचार कत्तिको हेर्नुहुन्छ ?
म त्यति धेरै ध्यान दिएर हेर्दिन । किनकी ध्यान दिएर हेर्नुपर्ने गरि काम भएकै छैन । त्यसो भन्दैमा राजनितीलाई घृणा चाहीँ गर्दिन ।
घडी कस्तो लाउनुहुन्छ ?
म ठुल्ठुलो घडी लाउँछु । मलार्इ केटीको जस्तो सानो घडी मन पर्दैन । अहिले सामसुङको घडी लाइरहेको छु । त्यहि मनपर्छ ।
मन पर्ने जुत्ता ब्राण्ड नि ?
जुत्तामा म असाध्यै क्रेजी छु । मसाग यति धेरै जुत्ता छ कि, एउटा कोठा भरिइसक्यो । अहिले त नयाँ किन्यो भने ब्यागमा लुकाएर लानुपर्छ । ममीले हातमा लगाएर हिंड भन्नुहन्छ ।

priyanka karki1
तपाई किन कला क्षेत्रमा लाग्नु भयो ?
मेरो रगतमै कला छ ।
कत्तिको सफल ठान्नुहुन्छ आफुलाई ?
सफलताको बाटोमा हिंड्ने प्रयाश गर्दैछु । कहाँसम्म पुग्छु थाह छैन ।
मन परेको फिल्म ?
लाईफमा सबभन्दा धेरै हेरेको फिल्म दर्पणछायाँ हो । हलमै गएर ७ पटक हेरेँ ।
आफुले काम गरेको तर, मन नपरेको ?
त्यस्तो कुनै पनि छैन । हरेक फिल्म हेरेपछि यो भन्दा राम्रो कसरि गर्ने भनेर सोच्छु ।
तपाई खेल पनि खेल्नुहुन्छ कि दर्शक मात्रै ?
मलाई क्रिकेट मन पर्दैन । तर, हाम्रा खेलाडीहरुले अहिले हाम्रो मुलुकको इज्जत बढाइदिनु भएको छ । त्यसकारण अलि अलि हेर्ने गरेकी छु । स्वीमीङ र बास्केटबल चाँही म खुब खेल्छु ।
मन पर्ने कलाकार ?
मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य । उहाँहरुले जस्तो अभिनय अरु कसैले पनि गर्न सक्दैन । तृप्ति र मिथिला दिदी पनि मन पर्छ ।
जीवनको कुन क्षण फेरि फर्कियोस जस्तो लाग्छ ?
बच्चा हुन पाए हुन्थ्यो भन्ने लाग्छ । वाल्यकाल भनेको सबै भन्दा रमाइलो क्षण हो ।
कहिल्यै नभुल्ने प्रेमपत्र ?
एउटा प्रेमपत्र थियो । रगतले लेखेको निकै जतनले राखेकी थिएँ । तर, अहिले कहाँ छ थाह छैन् ।
राजेश हमाल र भुवन केसी मध्ये एकजना छान्नुपर्दा ?
कस्तो गार्‍हो प्रश्न । अँ भुवन केसी । किनभने मैले उहासँग फिल्ममा काम गरेको छु । महादेबीमा उहाँ नै हुनुहन्थ्यो ।
नेपाल कि अमेरिका ?
नेपाल । जहिले पनि ।
करिष्मा कि रेखा ?
उहाँहरुको तुलना गर्नै मिल्दैन । किनकी उहाँहरु दुबै छुट्टा छुट्टै समयको हुनुहन्छ ? मलाई लाग्छ- करिष्मा ।
प्रेम बिबाह कि मागी ?
जे मा खुसी होइन्छ त्यहि । प्रेम बिबाह त टिक्दैन । मागी त झन कसरि टिकोस् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment