Comments Add Comment

२६ बर्ष जेल सुनाइएकी बिना भन्छिन- मेरा जीवन त जेल मै बित्ने भो

bina-malik
मुम्बई । पाकिस्तानी अभिनेत्री बिना मलिक पाकिस्तानी अदालतले २६ वर्ष जेल सजाय सुनाएको घटनाले हैरान छिन् ।
‘२६ वर्ष भनेको त अब मेरो पुरै जीन्दगी हो । अदालतले चाहे अनुसार हो भने मेरो बाकी जीबन जेलमै बित्ने छ ।’ बिनाले भनिन् ।
टेलिभिजन च्यानलवाट प्रशारित कार्यक्रमका विषयमा यति ठुलो सजाय मान्य नहुने बिनाको भनाइ छ । उनी भन्छिन-‘टेलिभिजनवाट प्रशारित कार्यक्रममको विषयलाइ हामीले चाहेर पनि नियन्त्रण गर्न सक्दैनौं । हामी त त्यस कार्यक्रममा सामान्य हिस्सा मात्रै हौं ।’
डिसेम्बरको पहिलो हप्ता पाकिस्तान जाने योजनामा रहेकी बिना अहिले द्धिविधामा छिन् । केही महिनाअघि मात्रै सर्जरी गररे बच्चा जन्माएकी बिनाले अदालतको यो निर्णय सुनेर आफु अचम्मित भएको बताइन् ।
आफुलाइ निर्दोष दाबी गर्ने बिनाले पाकिस्तानमा अस्पताल बनाउने योजना भएको भन्दै अदालतको निर्णय आएपछि पाकिस्तानसँग भावनात्मक सम्बन्ध टुटेको बताइन् ।
अदालतले केही दिन अघि मात्रै विना र पाकिस्तानको सबै भन्दा ठुलो मिडिया समुह जियो टिभीका मालिक मीर शकुलर रहमानलाई २६ वर्ष जेल सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment