Comments Add Comment

सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हट्यो

१२ मंसिर, काठमाडौं । सवारी साधन सन्चालनमा लागु गरिएको जोर-बिजोर प्रणाली शुक्रबारदेखि अन्त्य भएको छ । सार्क राष्ट्रका बिशिष्ट पाहुनाहरु स्वदेश फर्किएपछि मध्यान्ह १२ बजेदेखि जोर बिजोर प्रणालीलाई हटाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सार्कका पाहुनाहरुको आगमनलाई मध्यनजर गर्दै सरकारले गत सोमबारदेखि सवारी साधन सन्चालनमा जोर-बिजोर प्रणाली लागु गरेको थियो ।

मंसिर ८, १० र १२ गते जोर नम्बरका तथा ९ र ११ गते विजोर नम्बरका सवारी साधन सन्चालनको व्यवस्था मिलाइएको थियो ।

१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सार्कका सबै कार्यकारी प्रमुखहरु स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment