Comments Add Comment

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकलाई ट्राफिक शिक्षा

१२ मंसिर, नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालकलाई एकदिने ट्राफिक शिक्षा दिएको छ ।in-the-morning,-traffics-ch

नवलपरासीको कावासोतीमा उनीहरूलाई ट्राफिक प्रहरी निरीक्षक सूर्यप्रसाद श्रेष्ठले प्रशिक्षण दिएका हुन् । जिल्लामा राजमार्ग लामो हुनु र भित्री सडकमासमेत सवारी चाप अत्यधिक भएकाले चालक र सहचालकलाई प्रशिक्षित गर्नु परेको ट्राफिक प्रहरीले जनाएको छ ।

बर्सेनि १ सय २० जनाको हाराहारीमा सवारी दुर्घटनामा ज्यान गुमाउन परेको तथ्याङ्क आएपछि प्रहरीले त्यसको न्यूनीकरणका लागि अभियान थालेको हो ।

जाडो मौसममा हुस्सुका कारण बढी सवारी दुर्घटना परेपछि कात्तिक २२ गतेदेखि प्रहरी ट्राफिक सचेतना अभियान नै चलाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

राजमार्गमा गुडिरहेको गाडीमा एक मिनेट चालक र एकमिनेट यात्रुसँग भन्ने अभियान चलाएको प्रहरीले अहिले जिल्लामा रहेका यातायात व्यवसायीको सहयोगमा चालकलाई प्रशिक्षित गरेको हो । लेकबेसी, चौतारी, पश्चिम नेपाल, ट्रक व्यवसायीका चालकलाई ट्राफिक शिक्षा दिइएको हो ।

‘एकदिनमा कम्तीमा ६१ जना चालकलाई सचेतनाबारे जानकारी गराएका छौं’ अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment