Comments Add Comment

हर्षिकासँग ‘मिस्टेक’ गर्दै दुई हिरो

mistake
सार्क सम्मेलनको समयमा सुस्ताएको नेपाली चलचित्र बजार आजबाट फेरि चलमलाउँदैछ । आज नेपालका हलमा एउटा मात्र चलचित्र प्रदर्शनमा आउँदैछ । ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘मिस्टेक’ले आजबाट देशभरका हल पाएको छ ।

अन्य नेपाली चलचित्र नभएकाले पनि हर्षिका श्रेष्ठ, सुशान्त कार्की र निर्मल सेन्चुरीले अभिनय गरेको यो चलचित्रलाई फाइदा पुग्न सक्छ । तर, निर्माणपक्षले प्रचारमा कुनै पनि कदम नचालेकाले सबैभन्दा ठूलो मिस्टेक पनि यही हुनसक्छ ।

यस्तै, गत हप्तादेखि प्रदर्शनमा आएको दीपा बस्नेत निर्देशित चलचित्र ‘श्री ५ अम्बरे’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । चलचित्रलाई दर्शकले मन पराइरहेको यसको निर्माणपक्षको दाबी छ । यस्तै, यो बर्षकै उत्कृष्ट व्यापारमा पर्ने चलचित्र ‘जेरी’ आजबाट तेश्रो हप्तामा लागेको छ । हेमराज वीसी निर्देशित यो चलचित्रले २ करोड माथिको व्यापार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment