Comments Add Comment

किचेनमा बेनिशा : ‘पराई घरका लागि खाना बनाउन सिक्दैछु’

benisha-hamal-with-lense
नेपाली चलचित्र क्षेत्र र मोडलिङमा जम्दै गरेकी कलाकार हुन्, बेनिशा हमाल । चितवनमा जन्मिएर काठमाण्डौलाई कर्म थलो बनाउँदै आएकी बेनिशाले सय भन्दा बढी म्यूजिक भिडियो र आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । बेनिशा अभिनयसँगै किचेनमा पनि उत्तीकै रुचि राख्छिन् । विशेषगरि, पाहुनाका लागि मिठा परिकार बनाएर ख्वाउन उनी सँधै अग्रसर हुने गर्छिन् । उनका मिल्ने साथी कलाकारद्वय केकी अधिकारी र रिमा विश्वकर्मा पनि वेनिशाले पकाएको खानेकुराका सौखिन छन् । ३ कलाकारमध्ये वेनिशा सबैभन्दा मिठो बनाउँछिन् । अनलाइनखबरसँग ‘किचेन गफ’ गर्दै वेनिशाले यसरी कुरा साटिन् :

१. सबैभन्दा मिठो पकाउने खानेकुरा ?
मलाई माछा पकाउन आउँछ । माछाका विभिन्न परिकार बनाएर खान र ख्वाउँन म जहिले उत्साहित हुन्छु ।
२. पकाउन नै नआउने खानेकुरा ?
मेरो लागि त्यस्तो केही पनि छैन ।
३. किचेनमा पस्न कत्तीको मन लाग्छ ?
मलाई पाहुनाहरु आउँदा विशेषगरि किचेनमा पस्न मन लाग्छ । अरु बेलामा समयले भ्याएसम्म बस्ने गर्छु ।
४. सधै पकाइराख्ने खानेकुरा ?
म सधै नै ग्रिन टी पिउँछु । यसका लागि सधै नै मैले किचेनमा पस्नै पर्छ ।
५. पहिलो पटक बनाएको खानेकुरा ?
मलाई यही भन्ने नै याद छैन । तर, मैले पहिलो पटक चितवनमै हुँदा खाना बनाएँ जस्तो लाग्छ ।
६. नमिठो बनाएको याद छ ?
धेरै पटक मैले नमिठो खाना पकाएकी छु । विशेषगरि, मेरो विर्सने बानीले धेरै पटक पकाएको कुरा डडेको छ ।
७. मिठो खाना पकाएर प्रशंसा पाएको कुनै दिन याद छ ?
एउटा चलचित्रको छायांकनका क्रममा मैले चिकेन पकाएको थिएँ । मैले बनाएको खाना खाएपछि सबैले प्रशंसा गर्नुभयो । पहिलो पटक यती मिठो चिकेनको परिकार खाइयो भनेर सबैले भन्नुभएको थियो ।
८. घरमा धेरै पाहुना आउँदा पकाउन अल्छी लाग्दैन ?
मलाई त्यस्तो अल्छी त लाग्दैन । तर, पकाउने सबै कुरा भने अरुले नै तयार गरिदिनु पर्छ ।
९. अहिले घरको खाना कसले बनाउँछ ?
अहिले त दिज्यूले बनाउनुहुन्छ । तर, समय भएसम्म म पनि सहयोग गर्छु ।
१०. नारी र किचेनको सम्बन्ध कस्तो हुन्छ ?
यो त पर्यावाची नै हो जस्तो लाग्छ । जब किचेनमा हातको चुरा बज्छ, अनि खाना मिठो हुन्छ पनि त भनिन्छ ।
११. घर बाहिर खान कत्तीको सौखिन हुनुहुन्छ ?
म त्यस्तो धेरै परिकार बाहिर खाँदिन । तर, मैले खाने कुराहरु भने बाहिर भ्याएसम्म खान्छु । विशेषगरि, माछाको परिकार म बाहिर पनि धेरै खान्छु ।
१२. सबैभन्दा मनपर्ने परिकार ?
मलाई माछाका परिकार विशेषगरि बढी मनपर्छ ।
१३. स्वस्थ, तन्दुरुस्त र सुन्दर देखिन कुन खाना बढी खानुहुन्छ ?
म सधैजसो माछा, अण्डा, चिज, हरियो सागपात, दुध, फलफूल, ओखर र पानी नछुटाउने कोशिशमा हुन्छु । यो मध्ये कुनै न कुनै खानेकुरा मेरो दैनिकीमा हुन्छ ।
१४. पराई घरमा गएर पकाउने रहर त पक्कै होला ?
त्यो त छोरी मान्छे भएपछि भैहाल्छ नि । यसैले त म सबै कुरा पकाउन सिकिरहेको छु । फेरि भोली अर्को घरमा गएर खाना बनाउनु पर्ने कुरा मेरो दायित्व भित्र पनि पर्छ । यसैले, यो त यसै पनि पुरा गर्नु पर्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment