Comments Add Comment

क्रिकेट हेलमेट डिजाइनको समिक्षा हुने

cricket-helmet

१२ मंसिर, काठमाडौं । खेलका क्रममा बलले लागेर फिलिप हृयूजको निधन भएपछि अष्ट्रेलिया क्रिकेटले सुरक्षा मापदण्डको समिक्षा गर्ने भएको छ ।

शेफिल्ड शिल्डमा एक खेलका क्रममा दक्षिण अष्ट्रेलियाको तर्फबाट खेलिरहेका हृयूजको हेलमेलमा न्यू साउथ वेल्सका बलर सिन एबोटको बलले लागेको थियो ।

बलले लागेपछि मैदानमै ढलेका हृयूजको बिहीबार निधन भएको छ ।

क्रिकेट अष्ट्रेलियाका प्रमुख जेम्स सदरल्याण्डले हेलमेटको डिजाइनबारे बनाउने कम्पनी र नियमकहरुसँग मिलेर काम गर्ने बताए ।

तर, अगामी साता हुने भनिएको भारतसँगको पहिलो टेष्ट हुने नहुने भन्नेबारे कुनै निर्णय नभएको अधिकारीहरुले बताए ।

भारत र अष्ट्रेलियाबीच चार टेष्ट म्याच खेल्ने तय भएको छ र पहिलो टेष्ट चार डिसेम्बरबाट बि्रस्बेनमा खेल्ने प्रस्तावित कार्यक्रम छ । आगामी जनवरी १३ मा भारत, इंग्ल्याण्ड र अष्ट्रेलियाको एकदिवसीय क्रिकोणीय श्रृखला पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment